प्रमुख समाचार

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

Breaking News 1, प्रमुख समाचार, मधेश प्रदेश, समाचार
२२ पौष, सर्लाही -सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको हो। स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रजिअ धमलाले बताए। अस्पतालको स्तरोन्नती गर्ने विषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय गर्दै आएका जयशंकरको घटनास्थलमै मृत्यु भएको थियो। ...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

प्रमुख समाचार, समाचार
२२ पौष, काठमाण्डौं - निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।  निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात वटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको बताए । उनका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । कोशीमा जम्मा १० हजार १३५ मतभार कायम भएको छ । मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । यहाँ कुल मतभार १० हजार ७४४ छ । त्यस्तै, वाग्मती प्रदेशमा ११० जन...
सर्लाहीको बरहथवाघटना: तीन सदस्यीय छानबिन समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सर्लाहीको बरहथवाघटना: तीन सदस्यीय छानबिन समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

प्रमुख समाचार, समाचार
२१ पौष, काठमाण्डौं - गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ ।  मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बरहथवा घटना सम्बन्धमा सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको जानकारी दिए । त्यस्तै मन्त्रालयले सो घटनामा मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ । अस्पताल स्तरोन्नति गर्ने/नगर्ने विषयमा शुक्रबार छलफलमा विवाद उग्र बनेपछि प्रहरीले स्थिति निय...
एकीकृत समाजवादीले दियो राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ जनालाई

एकीकृत समाजवादीले दियो राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ जनालाई

प्रमुख समाचार, समाचार
२१ पौष, काठमाण्डौं -  सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ जनालाई दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टीका  तीन जना नेतालाई सर्वाधिकार दिइ गठबन्धनको बैठकमा पठाएको उनले बताए । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस...
राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्ध मिलेर जाने सहमती

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्ध मिलेर जाने सहमती

प्रमुख समाचार, समाचार
२१ पौष, काठमाण्डौं - राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने सहमती गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो ।  सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिए । ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सह...
नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा प्रदर्शनकारीको मृत्युपछि बरहथवामा कर्फ्यु

नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा प्रदर्शनकारीको मृत्युपछि बरहथवामा कर्फ्यु

प्रमुख समाचार, मधेश प्रदेश, समाचार
२० पौष, सर्लाही - नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा एकजनाको मृत्यु भएपछि बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकले अवस्था तनावग्रस्त बनेको भन्दै  बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो।  समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर कर्फ्यु आदेश जारी गरेको हो।  यो क्षेत्रभित्र आवतजावत गर्न, भेला गर्न, हिँडडुल गर्न, कुनै पनि प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने गरी शुक्रबार साझ ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।  आदेशको अवज्ञा गर्ने जोकोहीलाई प्रहरीले हदैसम्मको बल प्रयो...
१० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने सम्झौतामा हस्ताक्ष

१० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने सम्झौतामा हस्ताक्ष

प्रमुख समाचार, समाचार
१९ पौष, काठमाण्डौं - नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो। बैठकअघि  नै दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको हो। बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो।  ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भारतका ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका थिए।  सम्झौतामा १० वर्षमा १० हजार मेगावाट बिजुली नेपा...
भारतीय दूतावासले अबदेखि सिधै २० करोड रुपैयाँसम्म अनुदान दिनसक्ने

भारतीय दूतावासले अबदेखि सिधै २० करोड रुपैयाँसम्म अनुदान दिनसक्ने

प्रमुख समाचार, समाचार
१९ पौष, काठमाण्डौं - भारतीय दूतावासले अबदेखि नेपालभित्र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन गर्ने कुनै पनि आयोजनामा सिधै २० करोड रुपैयाँसम्म अनुदान दिनसक्ने सहमति भएको छ । भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको हो ।  नेपाल-भारत संयुक्त आयोगको बैठकमा बिहीबार नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुवै मुलुकका सम्बन्धित निकायका पदाधिारीहरूले उक्त सहमतिको पत्र आदान प्रदान गरेका हुन् । भारतले कुनै पनि विकासको परियोजना निर्माण गर्नुअघि नेपाल संघीय सरकारको अर्थतन्त्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान भने यथावत् छ । ...
सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं : प्रधानमन्त्री पुष्पकमल दाहाल

सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रमुख समाचार, समाचार
१९ पौष, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको बताएका छन् ।  ‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ’, उनले भने, ‘अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभामा भागबन्डा गरिरहेको विषय सार्वजनिक भइरहँदा रामेछापमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।...
म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु : पूर्वराजा ज्ञानेन्द्र शाह

म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु : पूर्वराजा ज्ञानेन्द्र शाह

प्रमुख समाचार, समाचार
१९ पौष, काठमाण्डौं - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् । आज भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्दै उनले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै सबै जनता एक ठाउँमा उभिन अपिल गरेका छन् । ‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने। उनले बुद्धभूमि सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर कताकता हराइरहेको बताए। ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"