Breaking News 2

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल हुने अवस्था बनिनसकेको बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने र छलफल पश्चात निस्कने निचोडको आधारमा मात्रै सरकारमा सहभागि हुन सक्ने बताए । नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला भन्दै ‘अहिले वेट एण्ड सी मा नै रहेको जनाएका छन् ।...
अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन सम्पन्न , अध्यक्षमा रुद्र पौडेल

अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन सम्पन्न , अध्यक्षमा रुद्र पौडेल

Breaking News 2, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औँ अधिवेशन सम्पन्न भएको छ । आइताबार दोङ्देमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनले अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको सांगाठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनलाइ पास गर्दै अधिवेशन सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष हिमाल खनालको अध्यक्षतामा भएको अधिवेशनमा गैर आवासीय नेपाली संघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र अन्य बिभिन्न संस्थाका अध्यक्षहरुको विशिष्ठ आतिथ्यता रहेको थियो । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती संगै अर्घाखाँची स्थायी घर भइ दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासीहरुको बाक्लो सहभागिता रहेको थियो । अध्यक्षमा रुद्र पौडेल अधिवेशनको बन्दसत्र बाट अध्यक्षमा रुद्र पौडेललाइ सर्वसम्मतमा अध्यक्षमा चयन गरेका छन । त्यसै...
टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन् ।...
पिकअप गाडीको ठक्करबाट अधिकारीको मृत्यु

पिकअप गाडीको ठक्करबाट अधिकारीको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा /मकवानपुर जिल्लामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । पिकअप गाडीको ठक्करबाट पैदलयात्री मनहरी ९ का ५० बर्षिय सिताराम अधिकारीको मृत्यु भएको हो । शनिबार बिहान पौने ७ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरे स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट वुटवल तर्फ जादै गरेको लु २ च ७३२७ नम्बरको पिकअप गाडीले अधिकारीको ज्यान लिएको हो । अधिकारीको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।...
हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

हेटौंडाको गौरीटार रगंशालामा वडा अध्यक्ष कप हुदै

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समिति १५ नम्बर वडाको आयोजनामा वडा अध्यक्ष कप हुने भएको छ । २८६० औ सोनाम ल्होछारको अवसरमा हेटौंडा १५ नम्बर वडाको प्रायोजनमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । शुक्रबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै पालिकाको १९ वटा वडाको खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुन लागेको बारे जानकारी दिएको हो । चैत ९ गते देखि २२ गते सम्म हेटौंडाको गौरीटार रगंशालामा प्रतियोगिता चल्ने हेटौंडा १५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिले बताए । प्रतियोगितामा विजेता टिमले नगत १ लाख प्राप्त गर्ने छन् भने उपविजेता टोलिले ५० हजार प्राप्त गर्ने छन् । यसै गरी प्रत्यक म्याचको म्यान अफ द म्याच घोषित हुनेले उचित नगत पुरस्कार प्राप्त गर्न समितिका अध्यक्ष नेगिले बताए । यसै गरी वडा र टोलमा खेलाडी उत्पादन गर्ने खेलाडी लोक प्रीय बनाउने उद्देश्यले प्रतियोगिताको आयोजन...
नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेतामा सिमित

नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेतामा सिमित

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, प्रमुख समाचार
काठमाडौं । साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५/३ ले पराजित भएपछि नेपाल उपविजेतामानै  सिमित भएको छ ।  जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २ /२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो । खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्‍यौँ राम्रो गर्‍यौँ । तर खेल पेनाल्टी...
वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं/ नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।...
आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/ १६ फागुन÷मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम बुधबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु तालिमको समापन गर्दै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले तालिमबाट सिकेका सीपलाई ब्यबहारमा लागूगर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।आधारभूत सहकारी लेखापालन तालिम उपलब्धीमूलक भएको र तालिमले सहकारी संस्थाको हिसाव राख्ने थप ज्ञान प्राप्त भएको सहभागीहरुले बताए । तालिम समापन कार्यक्रममा संघकी उपाध्यक्ष मेनुका घिमिरे दाहाल, सहसचिव भोगेन्द्र लुईटेल, सञ्चालक हरिप्रसाद पौडेल, सिताराम दाहाल, ब्यवस्थापक गोबिन्द दाहालको उपस्थिति रहेको थियो । तालिममा मकवानपुर जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, ब्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुसमेत ३० जनाको सहभागिता रहेको थियो ।...
मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ सम्पन्न

Breaking News 2, मनोरञ्जन, समाचार
हेटौंडा/ बृहत मगर साँस्कृतिक कार्यक्रम हेटौंडामा भव्यताका साथ समपन्न भएको छ । मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार हेटौंडा ४ स्थित हुप्रा चौरमा कार्यक्रम सञ्चालन भएको हो । बागमति प्रदेश सरकार शालिकराम जम्कटेलको प्रमुख आतिथ्यता र नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष शन्देश तुम्सिङ मगरको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नृत्य तथा गायन प्रद्धशन भएको थियो भने सँस्कृति झल्काउने मगर पोषाक र प्रचलित बाजाहरुको स्टल राखी प्रद्धर्शन समेत गरेको थिए । मगर समुदायमा प्रचलित परिकारहरुको स्टल राखी प्रद्धर्शन र बिक्री बितरण समेत गरेको थिए । कार्यक्रममा शयौ मगर समुदायका नागरिक संगै गैर मगरहरुको पनि उपस्थत रहेको थियो ।...
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

Breaking News 2, अपराध/ अनुसन्धान, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । अन्तराष्ट्रय मातृभाषा दिवसको अवसरमा नेपाल आदिवासी जनजाती साहित्यकार÷ लेखक महासंघ दक्षिण कोरियाद्धारा आयोजित सप्ताहब्यापी अन्तराष्ट्रिय मात्रृभाषा उत्सव २०२४ कार्यक्रम सनिबार सम्पन्न भएको छ । सनिबार दक्षिण कोरियाको ख्यङसाङ बुशान किम्हेमा एक कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी कार्यक्रमलाई समापन गरिएको हो ।   गत फेब्रुअरी १९ देखि भाषा तथा मातृभाषा साहित्य सम्बन्धी बिबिध विषयहरुमा रहेर सम्बन्धीत ब्यत्तित्वहरुलाई भर्चुअल मार्फत सहभागि गराई बहस पैरबी गरिएको थियो । नेपालमा मात्रृभाषा साहित्यको अवस्था, भाषा आन्दोलन र नयाँ पूस्ता, पाठ्यक्रममा मातृभाषा, आदिवासीको मुद्धा लगायतको विषयहरुमा जानकारवाला ब्यत्तिहरुलाई बक्ताको रुपमा उपस्थित गराई पैरबी गराईएको थियो । कार्यक्रमको अन्तिम दिन सनिबार आदिवासी जनजाती साहत्यिकार÷ लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप खेम पु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"