जिल्ला स्तरीय जुनियर क्योकुशिल कराते प्रतियोगिता हुदै
हेटौंडा/ जिल्ला स्तरीय जुनियर क्योकुशिल कराते प्रतियोगिता फागुन १० गते हुने भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरको स्थापना दिवसको अवसरमा कराते संगै विविध खेलकुद प्रतियोगिता हुने भएको हो । नेपाल खेलकुद संघ मकवानपुरले शनिबार पत्रकार सम्मेलन गर्दे खेल हुन गईरहेको सम्बन्धका जानकारी दिएको हो ।
जुनियर क्योकुशिल कराते प्रतियोगितामा ३० केजि मुनि,३५ केजि,४५ केजि ५० केजि मुनिका १५० खेलाडी महिला र पुरुष प्रतियोगितामा भाग लिने जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रकम २ हजार रकम पुस्कार प्राप्त गर्ने र प्रथम,द्धितीय,तितृयले प्रमाण पत्र र मेडल प्राप्त गर्ने अध्यक्ष कोक्तानले बताए । ड्रेमोसट्रसनहरु १२ गते हुने खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सबिन मोक्तानले बताएका छन् ।...



