Day: २ वर्ष अगाडि

गायक तथा संगीतकार प्रकास तितुङको “छायाँ” बोलको आधुनिक गीत सार्वजानिक

गायक तथा संगीतकार प्रकास तितुङको “छायाँ” बोलको आधुनिक गीत सार्वजानिक

Breaking News 2, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन  हेटौंडा । गायक तथा संगीतकार प्रकास तितुङ तामाङको शब्द संगीत र स्वरमा तयार भएको छायाँ बोलको एकल आधुनिक गीत भिडिओ सहितसहित सार्वजानिक भएको छ । गीतको भिडीयो गायक तितुङको अफिसियल युट्युब च्यानल प्रकास तितुङ तामाङ मार्फत सुक्रबार सार्वजानिक गरिएको हो । छायाँ बोलको गीतको अडियो पार्टमा आगा लामाले एरेञ्ज गरेका छन् भने रेशम गदालले मिक्सीङ गरेका छन् । त्यसैगरी गीतको भिडिओ सहित पार्टमा प्रकास तितुङ तामाङ र लक्ष्मी पुर्जाले अभिनय गरेका छन् भने अजित जनक क्षेत्रीले भिडीयो खिच्नुका साथै सुर्य लामाले इडिट गरेका छन् । प्रकास तितुङ तामाङ स्वयमले निर्देशन गर्नुका साथै भिडिओ सहित जापानको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ । प्रकास तितुङ तामाङ विगत डेढ दशकदेखि निरन्तर रुपमा गीत संगीतमा सकृय हुदै आइरहेका छन् । तितुङको शब्द संगीत र स्वरमा तयार भएको दर्जनौ गीतहरुले धरै चर्चा कमाइसकेका छन् । भिडिओ...
माओवादी केन्द्रको १५ वटा केन्द्रीय विभाग

माओवादी केन्द्रको १५ वटा केन्द्रीय विभाग

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेकपा माओवादी केन्द्रले केन्द्रीय विभाग १५ वटामा झारेको छ । फागुन १ गतेदेखि ३ सम्म काठमाडौँको कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले १५ वटा विभाग कायम गरेको हो ।   यसअघि माओवादीको ३३ वटा विभाग रहेको थियो । सम्बन्धित तहको पार्टी समितिलाई विषयगत आधारमा नीतिगत सुझाव र सिफारिसको लागि केन्द्र, प्रदेश र स्थानीय पालिकाहरूमा विषयगत विभागहरू गठन गरी सञ्चालन गर्न सकिने विधानमा उल्लेख छ । यस्तै विभागको संयोजक सम्बन्धित तहको समितिको सदस्यको संयोजकत्वमा विषयगत अनुभवी विज्ञहरू समावेश गरी केन्द्रमा प्रमुखसहित बढीमा १५ सदस्यीय र प्रदेश तथा पालिकास्तरमा प्रमुखसहित बढीमा ९ सदस्यीय विभाग गठन गर्ने उल्लेख छ । विभागहरूको क्षेत्राधिकार र कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले जारी गर्ने नियमावली अनुरूप हुनेछ । अधिवेशन प्रतिनिधिहरूले विभाग ठुलो भएको भन्दै सानो र चुस्त बनाउन सुझाव दिएका थिए । रात...
भारतको नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

राजनीति, समाचार
एजेन्सी / भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय मिडियाका अनुसार उनलाई मदिरा अन्तशुल्क घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी)ले पक्राउ गरेको हो । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो । दिल्लीकी मन्त्री एवं आम आद्मी पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरीवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएका छन् । चुनावको मुखमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्नुलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको राजनीतिक चालबाजी भन्दै विपक्षीहरुले विरोध गरेका छन् ।...
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । त्यसैगरि दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"