Day: २ वर्ष अगाडि

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । चौधरीले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । सुनुवाइका लागि वैशाख १८ गतेलाई अर्को पेसी तारेख पनि तोकिएको छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि रेशम अदालत गएका थिए । रेशम चौधरीले जेलमा रहेको समयमा आफ्नो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ती पार्टीको स्थापना गरेको थियो । हाल रञ्जिता र रेशमका बिचमा विवाद उत्पन्न भएको छ । जसको कारणले गर्दा श्रीमान श्रीमतीको सम्बन्धमा पनि दरार आउन सक्ने...
पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा मे ४ मा नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा मे ४ मा नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा नेपाली नयाँ वर्ष डान्स पार्टी धमाका हुने भएको छ । समाजको आयोजनामा आउदो मे ४ तारिखमा डान्स पार्टीको आयोजना हुने भएको हो । पुर्वाञ्चल सरोकार समाज र मातहतका संस्थाहरुको स्वामित्वमा हुनेगरी सञ्चालनमा ल्याएको सयुक्त कार्यालय सञ्चालनकाृे निम्ती सहयोग रकम संकलन गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त डान्स पार्टीमा डिजे आर एक्स, गायक दिनेश नाछिरिङ, सुनिल गुरुङ र मुस्कान मुकारुङले सहभागिहरुलाई मनोरञ्जन दिलाउने छन् । ४ तारिख बेलुकी ७ बजे देखि डोर ओपन हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको छ । कार्यक्रम सौलको 서울 성북구 동소문로20 나길 47 स्थित रहेको क्लबमा हुने छ । डान्स पार्टीमा सहभागि भइ मनोरञ्जन लिनको लागि आयोजकले आग्रह गरेका छन् ।...
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद

डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ ।...
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेन्डामा काम गर्दै आएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो । प्रध...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"