मकवानपुरको बकैया ४ का वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान
हेटौंडा/ मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजन दंगाल पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएको छ । वडाध्यक्ष दंगालले सरकारी कागजात कीर्ते गरेको भन्दै पुर्पक्षका लागि जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासल उनलाई थुनामा राखेको हो ।
वडाध्यक्ष दंगालविरुद्ध गत असार दोस्रो हप्ता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ रहेको छ । जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । गुरुङको नाममा उमादेवीको ललितपुर, कीर्तिपुर र चितवनमा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको ...

