गायिका बिमता मगरको साथमा मगर माघे सकराती मनाउदैँ
दक्षिण कोरिया । नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र र शाखाहरुको सयुक्त आयोजनमा हुन लागेको मगर माघे सकराती विविध साँस्कृतिक कार्यक्रममा गायिका बिमता मगर प्रस्तुतीको लागि दक्षिण कोरिया आउने भएका छन् ।
मगरहरुको मौलिक पर्व मगर माघे सकराती सुवनको होबाग नाईट क्लबमा जनवरी १२ तारिखको दिन हुने निश्चित भएको छ । गायिका मगरले कार्यक्रममा सहभागिहरुलाई मनोरञ्जन दिलाउने छिन् । त्यसैगरी कार्यक्रममा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र र शाखाहरुको आयोजनामा हरेक वर्ष मगर माघे सकराती मनाउदै आइरहेका छन् । जनवरी १२ तारिखको बिहान ११ बजे देखि सुरुहुने कार्यक्रममा सहभागिताको लागि आयोजकले आह्वान समेत गरेका छन् ।...
