Day: ११ महिना अगाडि

पार्बती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच सम्झौता

पार्बती मोक्तान नेतृत्वको NRNA कोरिया र कोरियाली चिकित्सक समाजबीच सम्झौता

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, स्वास्थ्य
दक्षिण कोरिया । पार्वती मोक्तान नेतृत्वको गैर आवसीय नेपाली संघ दक्षिण कोरिया र कोरियाली चिकित्सक समाज बीचचमा नेपाली श्रमिकहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने सम्झौता भएको छ । बुधबार एयस डकाष्टको कार्यालयमा दुइ पक्षको सम्बन्धित पदाधिकारीहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । चिकित्सक समाजको अध्यक्ष इम सक योङ र गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आउदो सेप्टेम्बर २० देखि नेपाली श्रमिक, विद्यार्थी तथा भिषा नहुनेहहरुले पनि निशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् । प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य शिबिर सञ्चालन हुने जनाएको छ । चिकित्सक समाजले औसधी उपचार, जनशक्ति र उपकरणको व्यबस्था गर्नेछन भने गैर आवासीय नेपाली संघको तर्फबाट प्रचार प्रसार र बिरामीहरुको दर्ता र सहजिकरण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । बुधबार दुइ पक्षिय...
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशसभाबाट ६३ मतका साथ विश्वासको मत हासिल गरेका छन् । बहुमतका लागि ५६ मत आवश्यक थियो, तर उपस्थित ९२ मध्ये २२ जनाले विपक्षमा र ७ जनाले तटस्थ मतदान गरेका छन् । श्रावण २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँ नेपाली कांग्रेसका संसदीय दलका नेता बनेका छन्, तर त्यसअघि आफ्नै दलभित्र अविश्वास प्रस्तावमार्फत नेतृत्व पाएका थिए । कांग्रेस र एमालेको समर्थनमा सरकार गठन गरेका छन्, तर १४ मन्त्रालयमध्ये ६ मन्त्रालय अझै रिक्त छन् । यी मन्त्रालय कांग्रेसको भागमा परेका छन्, तर जिम्मेवारी तोकिएको छैन ।...
बागमती प्रदेशसभाको अस्थायी भवन उद्घाटन

बागमती प्रदेशसभाको अस्थायी भवन उद्घाटन

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौँडा /  बागमती प्रदेशसभाको अस्थायी भवन निर्माण सम्पन्न भई मंगलबार उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालय परिसरमा बनेको भवनको उद्घाटन प्रदेशसभा सभामुख भुवनकुमार पाठकले गरेका हुन् । २०७७ मंसिरमा शिलान्यास भएको भवन १२ करोड ३३ लाख रुपैयाँ लागतमा प्रिफ्याब प्रविधिबाट निर्माण गरिएको हो । स्थायी संरचना निर्माणमा ढिलाइ भएपछि अस्थायी प्रयोगका लागि यो भवन तयार गरिएको हो । यसअघि प्रदेश सभा बैठक तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा सञ्चालन हुँदै आएको थियो। नवनिर्मित भवनबाटै नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिएका छा् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"