Day: १२ महिना अगाडि

बागमती प्रदेश प्रहरी कार्यालयमा आँखा जाँच शिविर

बागमती प्रदेश प्रहरी कार्यालयमा आँखा जाँच शिविर

Breaking news 3, प्रमुख समाचार, समाचार, स्वास्थ्य
हेटौंडा / बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा प्रहरी कर्मचारीहरुको लागि आँखा जाँच शिविर आयोजना गरिएको छ । प्रदेश प्रहरी कार्यालयकोे आयोजनामा भएको शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा एक सय ६० जना प्रहरी जवान तथा अधिकृतहरुको आँखा जाँच गरिएको थियो । २० जनालाई थप उपचारको लागि अस्पताल जान सुझाव दिइएको छ ।  शिविरमा आँखा जाँचका साथैे निःशुल्क औषधि पनि वितरण गरिएको सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिनुभयो । हेटौडा सामुदायिक आँखा अस्पतालले नियमित रुपमा सामुदायिक कार्यक्रम अन्तर्गत अस्पताल आउन नसक्ने विरामीहरुकोलागि बिभिन्न स्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । अस्पतालले यसअघि विद्यालयका विद्यार्थी र कार्यस्थलमा कामदारहरुको आँखा जाँच गर्दै आएको छ ।...
हेटौंडामा एमबीबीएस पढाइ सुरु, ५० सिट स्वीकृति

हेटौंडामा एमबीबीएस पढाइ सुरु, ५० सिट स्वीकृति

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा /  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस शैक्षिक सत्रदेखि चिकित्साशास्त्र स्नातक (एमबीबीएस ) अध्ययन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले ५० सिटको स्वीकृति दिएको हो । यससँगै हेटौंडा स्वास्थ्य शिक्षाको केन्द्र बन्ने दिशामा अघि बढेको छ । प्रतिष्ठानमा यसअघि नै स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन् । यस वर्ष नर्सिङ स्नातक (बीएस्सी नर्सिङ) को सिट २० बाट बढाएर ३० गरिएको छ । यस्तै, चिकित्सकीय प्रयोगशाला प्रविधि ९बीएमएलटी० र जनस्वास्थ्य स्नातक ९बीपीएच० २०–२० सिटमा यथावत सञ्चालन हुनेछ । फार्मेसी स्नातक ९बी–फार्मेसी० कार्यक्रम पनि ३० सिटमा निरन्तर रहनेछ । यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर ९एमडी० तहमा सात विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट छन् । स्त्री तथा प्रसूति विज्ञानमा २ सिट, र आन्तरिक रोग विशेषज्ञ, शल्य चिकित्सक, बाल रोग, हाड–जोर्नी तथा नशा रोग, पा...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"