Day: ९ महिना अगाडि

स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने-मुख्यमन्त्री बानियाँ

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
हेटौंडा / मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएको बताउनुभयो । बागमती प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने समेत उहाँले बताउनुभयो । ‎पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै ...
मकवानपुरका स्थानीय तहद्धारा ३२ करोड अनुदान फिर्ता

मकवानपुरका स्थानीय तहद्धारा ३२ करोड अनुदान फिर्ता

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१÷८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख रुपैयाँ फिर्ता गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका सबै १० वटै स्थानीय तहले योजना र कार्यक्रम समयमा कार्यान्वयन गर्न नसक्दा रकम फिर्ता भएको हो । सो वर्षमा सशर्त, वित्तीय समानीकरण, समपूरक र विशेष गरी विभिन्न शीर्षकमा रकम विनियोजन भए पनि सशर्त अनुदानतर्फकै ठूलो हिस्सा खर्च हुन सकेन । कार्यालय प्रमुख दिनेश रेग्मीका अनुसार कार्यक्रम समयमा सम्पन्न नहुनु मुख्य कारण भएको हो । त्यस्तै, बागमती प्रदेश सरकारले पनि सो वर्षमा ४९ करोड रुपैयाँ खर्च गर्न नसकी फिर्ता गरेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"