समाचार

आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । तिहारको तेस्रो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउने परम्परा रहि आएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।...
इजरायलद्दारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

इजरायलद्दारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

अन्तर्राष्ट्रिय, समाचार
गाजा, २६ कार्तिक । इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ । सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् । एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ। गाजाका उपस्वास्थ्य मन्त्री युसेफ अबु अल(रिशले एएफपीलाई भने, ‘अधिग्रहणकर्ता इजरायलले अल सिफा अस्पतालको हृदय रोग विभागलाई पूर्ण रूपमा ध्वस्त पारेको छ ।’ उनका अनुसार सो बिभागको दुई तले भवन हवाई हमलामा पूर्ण रूपमा ध्वस्त भएको छ। प्रत्यक्षदर्शीहरूले आक्रमणको पुष्टि गरेका छन, जसलाई एएफपीले स्वतन्त्र रूपमा प्रमाणित गर्न नसके जनाएको छ ।...
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा

कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा

समाचार
भैरहवा, २६ कार्तिक । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् । दुइ दिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् । उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गरे । कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा ब्यवसायीक...
सबैभन्दा पहिलो दिपावली:५ हजार बर्ष अगाडी पाकिस्तानी भुमीमा

सबैभन्दा पहिलो दिपावली:५ हजार बर्ष अगाडी पाकिस्तानी भुमीमा

समाचार
काठमाडौं, २६ कार्तिक । आज नेपालसहित संसारभरी नै दीपावली मनाइँदैछ। त्यसको एक दिनअघि अर्थात हिजो शनिबार अयोध्यामा दीपावलीको अवसरमा दीप प्रज्वलन गरेर विश्व कीर्तिमान बनाईएको थियो । दीपावलीका दुई मुख हुन्छन्, एउटा लक्ष्मी र गणेशको पूजा गर्ने घरभित्रको हुन्छ भने अर्को अनुहार रंगीन बत्तीले झल्कने घरको हो, मानिसहरूले यो पर्वलाई दीपावली र आतिशबाजीका बीचमा मनाउँछन्। तर यी सबैको बीचमा धेरैको मनमा यो प्रश्न उठ्छ कि दीपावली मनाउने चलन कहिलेदेखि सुरु भयो ?  कहिले र कहाँबाट दियो बाल्न थालियो ? आतिशबाजी कहिलेबाट भयो ? आज हामी तपाईका यी सबै प्रश्नको जवाफ दिनेछौं र तपाईलाई दिपावालीसँग सम्बन्धित धेरै रोचक जानकारी पनि बताउनेछौं। उज्यालोको यो पर्व हिन्दू ग्रन्थ स्कन्दपुराण र अग्निपुराणमा उल्लेख छ । त्रेतायुगपछि द्वापर युगदेखि दीपावली मनाइँदै आएको जनविश्वास छ । त्यसपछि पाँच दिनसम्म मनाइयो। दीपावली मनाउने परम्प...
नवलपरासी जीप दुर्घटना मृतकको सनाखत

नवलपरासी जीप दुर्घटना मृतकको सनाखत

Breaking News 1, समाचार
काठमाडौं, २६ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ। बर्दघाट सुस्ता पूर्व बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप आज देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, कावासोती बस्ने १७ वर्षीय अस्विन गैह्रे, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०/४५ वार्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालक...
तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

तिहारको दोस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइंदै

Breaking News 1, समाचार, समाज
कात्तिक २५, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने चलन रहि आएको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना,...
आज पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

आज पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

समाचार
काठमाडौं, २६ कार्तिक । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा  आंशि...
बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

अपराध/ अनुसन्धान, समाचार
कात्तिक २५, काठमाडौं । बाल साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह ‘मङ्की माइन्ड’ विमोचन गरिएको छ । शनिबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको कृति ‘मङ्की माइन्ड’ विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल, प्राज्ञ त्रैलोक्यमान वनेपाली, बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कूलपति के.के. कर्माचार्य, तारानिधि भट्टराई, केशरी अम्गाई लगायतले कृतिको बिमोचन गरे । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ डा. रिसालले किशोर, किशोरीका समस्याका बारेमा साहित्य मार्फत अझै धेरै उजागर हुनुपर्ने आवश्यकता औल्याइन् । बाल तथा किशोर साहित्यको प्रवद्र्धनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् । नेपालमा पर्याप्त मात्रामा किशोर साहित्यको लेखन नभइरह...
मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न सरकारलाई काँग्रेसको सुझाव

मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न सरकारलाई काँग्रेसको सुझाव

राजनीति, समाचार
कात्तिक २५, काठमाडौं । नेपाली काँग्रेसले जाजरकोट सहितको भूकम्प प्रभावित क्षेत्रमा मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्केको काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो । पुषको जाडोमा पीडितहरूको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मङ्सिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको काँग्रेस महामन्त्री थापाले बताए । स्थायी रूपमा सिकाई केन्द्रहरू बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए । महामन्त्री थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन...
बंगलादेशमाथि अस्ट्रेलिया ८ विकेटले विजयी

बंगलादेशमाथि अस्ट्रेलिया ८ विकेटले विजयी

खेलकुद, समाचार
कात्तिक २५, काठमाडौं । अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले दिएको ३०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । अस्ट्रेलियाको जितमा मिचेल मार्शले १७७ रन अविजित बनाएका थिए भने स्टिभ स्मिथले अविजित ६३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै बंगलादेशले ८ विकेट गुमाउदै ३०६ रन बनाएको थियो । योसँगै अस्ट्रेलियाले ९ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहदै सेमिफाइनल खेल्ने भएको छ । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने यसअघि नै निश्चित भएको थियो । त्यस्तै बंगलादेशको ९ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको रहेर विश्वकप सकेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"