स्थानीय तह विशेष

मनहरी गाउँपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित

मनहरी गाउँपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित

Breaking news 3, पालिका, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । माघ २२ गते भएको निर्वाचन कार्यक्रममा सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिए । स्काउट परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु अनन्त पौडेल, सुजन अर्याल, जगदिश्वोर पोखरेल,रोशनी दर्जी र संजिता मगर रहेका छन् । आवश्यक सङ्ख्यामा मात्र उमेदवारी परेपछि मतदान प्रक्रियामा जानु नपरेको र निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत गौतमले बताए । निर्वाचित घोषणासँगै निर्वाचन अधिकृत गौतमले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । मनहरी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष सदस्यको निर्वाचन गरिएको हो ।...
बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

Breaking News 2, बागमती प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका वडम नम्बर ८ स्थित जन जागृति माध्यमिक विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने भएको हो । घलानले मंगलबार विद्यालयमामा पुगी एक थान प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेको थियो । विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्न लागेको घलानले बताए बताएका छन् । घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घलान राजनीति र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन्। नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत घलान उक्त वडामा जिल्ला प्रतिनिधिको रुपमा पुगेका थिए ।...
आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको – अध्यक्ष ओली

आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको – अध्यक्ष ओली

Breaking News 1, समाचार, स्थानीय तह विशेष
काठमाडौं/ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएको छ । सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताएको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी समेत गरेका छन् ।...
निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

Breaking News 2, बागमती प्रदेश, स्थानीय तह विशेष
बागमती/ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु देखिएको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ एसले मकवानपुर सहित बारा सर्लाहीमा निशुल्क आँखा शिविर अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा आइतबार मकवानपुरको पाथीभरा र बारा जिल्लाको ईनारुवामा शिविर सञ्चालन गरिएको एरिया २ का एरिया चिफ जेपि यादवले बताए । पाथिभरामा १२६ जनाले आँखा परिक्षण गर्दा २० जनामा मोतिया विन्दु देखा परेको कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । त्यस्तै, बाराको ईनरुवामा भएको निशुल्क आँखा शिविरमा ३२८ जनाले परिक्षण गरेका छन् । जसमध्ये ७८ जनामा मोतियाविन्दु देखा परेको संयोजक भेटवालले बताए । आज सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर र सर्लाहीको रामनगरमा कार्यक्रम सञ्चालन हुने चिफ यादवले बताए । यस अघि २० गते शनिबार मकवानपुरगढी गाउँपा...
हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउने भएको छ । मकवानपुर जिल्ला अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव आउने भएको हो । जनता समाजवादी पार्टी मकवानपुर जिल्ला कार्यलयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दे माघ २४ गते यादव हेटौंडा आउने बारे जानकारी दिएको थियो । कार्यक्रममा नगर कमिटी संयोजक कविन सिन्तानको सभाध्यक्षता र यादवको प्रमुख आतिथ्यता रहने मकवानपुर जिल्ला कार्यलयले जनाएको छ ।...
उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
सिन्धुली/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताए। सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।...
नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै घेदुङले गरे सिडिओलाई धन्यवाद ज्ञापन

नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै घेदुङले गरे सिडिओलाई धन्यवाद ज्ञापन

Breaking News 2, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै सिडिओलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाल तामाङ घेदुङ बागमति प्रदेश र घेदुङ जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख सुर्य प्रसाद सेडाईलाई धन्यवाद ज्ञापन गरेको हो । बागमति प्रदेश सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजिको भाषा रुपमा प्रयोग गर्ने ऐन पारित भए पछि मकवानपुर जिल्ला प्रशासन कार्यलयका प्रमुख सेडाईले पहिलो चोटि तामाङ भाषामा बडा पत्र राखिएकोमा हष्रित भएको घेदुङ बागमति प्रदेशका अध्यक्ष लिला कुमार घलानले बताए । जिल्ला प्रशासन कार्यलयमा नागरिकता शाखा र राहधानि शाखामा तामाङ भाषामा जिगंल तयार पारी प्रस्तुत गरिकाले तामाङ समुदायका नागरिकलाई टेवा पुगेको उनको भनाई छ ।...
मकवानपुरगढीमा सोनाम ल्होछार कार्यक्रम हुने- मकवानपुरगढी घेदुङमा ६ सदस्य थप

मकवानपुरगढीमा सोनाम ल्होछार कार्यक्रम हुने- मकवानपुरगढी घेदुङमा ६ सदस्य थप

Breaking News 1, बागमती प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले दमार चौरमा सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढीगाउँपालिका समितिको बिहीबार बसेको बैठकले ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको हो । तामाङ संस्कार रितिरीवाजको जर्गेना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिले जनाएको छ । ल्होछार कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै तामाङ संस्कृति झल्काउने तामाङ सेलो नृत्य, तामाङ सेलो गायन,बोेम्बो झाक्रि,लामा ताम्बाको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । तामाङ समुदायको मुख्य परिकारहरुको स्थानियहरुले स्टल राखी प्रर्दशन समेत गर्ने छ । यसै गरी सोनाम ल्होछार कार्यक्रममा ४ देखि ५ हजार दर्शकशरुले अनुगमा गर्ने अनुमान गरिएको छ । कार्यक्रमको लागि ८ देखि १० लाख खर्च हुने अनुमान गरिएको उक्त पालिका घेदुङका अध्यक्ष सानो कान्छा थि...
हेटौंडामा २७ गते सोनाम ल्होछार महोत्सव हुने

हेटौंडामा २७ गते सोनाम ल्होछार महोत्सव हुने

Breaking news 3, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/आगामी माघ २७ गते हेटौंडा–१०,स्थित टिसिएन चौरमा तामाङ साँस्कृतिक महोत्सव–२०८० हुने भएको छ । तामाङ समुदायको पर्व २८६० डुक (मु÷पुख्री) ल्हो सोनाम ल्होछारको अवसरमा तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले महोत्सव मनाउने भएको हो । घेदुङले पत्रकार भेटघाट कार्यक्रममार्फत् तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव मनाउन लागेको जनाएको छ।  पुरानो वर्षको १२ औं महिनाको पहिलो दिन अनौपचारिकरूपमा मनाइने उक्त पर्वमा तामाङ भेषभुषा झल्काउने पोशाकदेखि परिकारहरु प्रदर्शनमा राखिनेछ । यस्तै, लामा, बोम्बो, ताम्बाडम्फुरेसहितको ¥याली तथा झाँकी प्रदर्शनसमेत गरिने छ । महोत्सवमा तामाङ्ग कलाकार संघ मकवानपुरको समन्वय रहने छ। कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ जसमा सञ्जीव वाईबा, निमा पाख्रीन, जीवन बोम्जन, अविरम मोक्तान, धिरेन लामा, अन...
सोनाम ल्होछारको अवसरमा मनहरीमा २ दिने बृहत कार्यक्रम हुने

सोनाम ल्होछारको अवसरमा मनहरीमा २ दिने बृहत कार्यक्रम हुने

Breaking news 3, बागमती प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरकोे मनहरी गाउँपालिका वडा नम्बर–२ मा ल्होछारको अवसरमा बृहत कार्यक्रम हुने भएको छ । २ दिने बृहत कार्यक्रम तामाङ समाज मनहरीको आयोजानमा फागुन ४ र ५ गते हुने भएको हो । सोनाम ल्होछारको अवसरमा साँस्कृतिक जगेर्नाको लागि फागुन ४ गते बौद्ध धर्म गुरुद्वारा प्रवचन पूजापाठ गर्ने र ५ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा तामाङ समुदायको सँस्कार–सँस्कृतिक झल्किने खालको तामाङ सेलो नित्य प्रतियोगिता पनि रहेको हुँदा प्रतियोगितामा भाग लिन समयमा नाम टिपाउन समेत आयोजकले जानकारी दिएको छ ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"