नेपाली कांग्रेसले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन
काठमाडौं । नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे संगै कांग्रेस आधिकारीक रुपमा सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका थिए ।
...






