Breaking News 2
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको प्रदेश नम्बर– १ पुन नामांकन संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।
माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । बुधबार बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । कोशी सरकारले आन्दोलनरत पक्षसंग वार्ता...
बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा
हेटौंडा/ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडम नम्बर ८ स्थित जन जागृति माध्यमिक विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने भएको हो । घलानले मंगलबार विद्यालयमामा पुगी एक थान प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेको थियो । विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्न लागेको घलानले बताए बताएका छन् ।
घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घलान राजनीति र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन्। नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत घलान उक्त वडामा जिल्ला प्रतिनिधिको रुपमा पुगेका थिए ।...
हेटौँडा सिमेन्ट उद्योग पुन सञ्चालनमा
हेटौँडा/ हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुन सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो ।
कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएपछि उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए । उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको महाप्रबन्धक पाण्डेले दिएका छन् ।...
आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं/ आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो ।
आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथी) पेश तथा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आ.व २०७९÷८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । त्यसैगरि दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
राष्ट्रिय सभा अन्तर्गतको समितिहरुमा बिहान ११ बजे दिगो वि...
निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु
बागमती/ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु देखिएको छ ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ एसले मकवानपुर सहित बारा सर्लाहीमा निशुल्क आँखा शिविर अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा आइतबार मकवानपुरको पाथीभरा र बारा जिल्लाको ईनारुवामा शिविर सञ्चालन गरिएको एरिया २ का एरिया चिफ जेपि यादवले बताए । पाथिभरामा १२६ जनाले आँखा परिक्षण गर्दा २० जनामा मोतिया विन्दु देखा परेको कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । त्यस्तै, बाराको ईनरुवामा भएको निशुल्क आँखा शिविरमा ३२८ जनाले परिक्षण गरेका छन् । जसमध्ये ७८ जनामा मोतियाविन्दु देखा परेको संयोजक भेटवालले बताए ।
आज सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर र सर्लाहीको रामनगरमा कार्यक्रम सञ्चालन हुने चिफ यादवले बताए । यस अघि २० गते शनिबार मकवानपुरगढी गाउँपा...
मुगुमा आगलागी हुँदा दाजुु–बहिनीको मृत्युु
सुर्खेत / मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु–बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । ‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो’, डीएसपी थापाले अनलाइनखबरसँग भने, ‘पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।’...
पहिचानको नारा लिएर चुनावमा जाँदा जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण : प्रधानमन्त्री दाहाल
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएको छ ।
आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकोे हो । प्रधानमन्त्री दाहालले २०७० सालको चुनावमा आफूहरु पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर निर्वाचनमा गएको भएपनि आदिवासी जनजातिकै साथ नपाएको उनले बताए । उनले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचानविरोधीलाई मत दिएको बताएको उल्लेख गरेका छन् । उनले यो दोष आदिवासी जनजातिको नभइ पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको बताए । उनले पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक...
चिलीको जंगलमा डढेलोबाट ४६ जनाको मृत्यु
एजेन्सी/ लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट पारेको छ ।
तटीय पर्यटक सहर भिना डेल मारका मेयरले आफ्नो क्षेत्रका दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको जानकारी दिनुभयो । गृह मन्त्रालयका अनुसार देशभर ४३ हजार हेक्टरभन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताइएको छ । मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश भुावा र खरानीले ढाकिएको छ । पर्यटकीय शहर भिना डेल मार वरपरका सबै प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरू पुग्ने प्रयास गरिरहेका गरिरहेका छन् ।...
निर्माण ब्यवसायी मकवानपुर शाखाको २४ औं साधारण सभा
हेटौंडा/ निर्माण ब्यवसायी महासंघ मकवानपुरको २४ औं साधारण सभा समपन्न भएको छ । शनिबार संघको साधरण सभा सञ्चालन गरिएको हो ।
सभामा निर्माण ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता तथा निर्माण ब्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कडेलको सभा अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।
प्रमुख अतिथि सिंहले कार्यक्रमको उद्धघाटन गर्दै महा संघ जिम्मेवार हुने र निर्माण ब्यवसायी संघको भवन निर्माणलाई बढी प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
