राहत कोषमा ५० लाख सहयोग गर्न अनुरोध गर्ने : एमालेको निर्णय
काठमाडौं / सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।
अनलाईन खबरबाट...
![झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो](https://labamedia.com/wp-content/uploads/2024/09/thumb-780x440.jpeg)






