Breaking News 2

पुजार सार्कीको सौल-शो मे २६ मा हुदै, अन्य शहरहरुको लागि बुकिङ खुल्ला

पुजार सार्कीको सौल-शो मे २६ मा हुदै, अन्य शहरहरुको लागि बुकिङ खुल्ला

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको सौल शो मे २६ तारिखमा हुने भएको छ । सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा सौलको जोगेसा हलमा सौल शो हुने भएको हो । सौलमा उक्त चलचित्र दुई शो गरिने जनाएको छ । यहि मे २३ तारिख देखि देश तथा विदेशमा एक्कैसाथ प्रदर्शनीमा आउने तयारीमा रहेको उक्त चलचित्रको दक्षिण कोरिया राइट्स सुर्खेत समाज दक्षिण कोरियाले लिएको छ । चलचित्र खरिद गरेर प्रदर्शन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि बुकीङ समेत खुल्ला गरिएको समाजका अध्यक्ष पुस्कर बुढाथोकीले बताएका छन् । सामाजिक कथाबस्तुमा आधारित रहेर तयार भएको उक्त चलचित्रको अन्तराष्ट्रिय राइट्स एमएसएम इन्टरटेनमेण्टले लिएको छ । किङडम नेटवर्कको ब्यानरमा बनेको उक्त चलचित्रको निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने चलचित्रमा आर्यन सिक्देल, पल शाह, प्रदिप खड्का, अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निर...
कप्तान दीपेन्द्र पनि सात रनमै आउट

कप्तान दीपेन्द्र पनि सात रनमै आउट

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द रन आउट हुँदै पेभेलियन फर्किए । आउट हुनुअघि उनले सात बलमा एक छक्काको मद्दतले सात रन बनाए । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल एक सय १९ रन बनाएको छ ।...
प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित

प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित

Breaking News 2
काठमाडौं / प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका छन्। मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको...
जीबी राई समूहले सञ्चालन गरेको सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिए

जीबी राई समूहले सञ्चालन गरेको सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिए

Breaking News 2, अर्थ, समाचार
काठमाडौँ / जीबी राई समूहले सञ्चालन गरेको काठमाडौं स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिएका छन् । आइतबार प्रहरी वृत्त कालीमाटीमा ५ सय २८ जनाले करिब १ अर्ब बचत रकम फिर्ताको माग गर्दै उजुरी दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुमन खनालका अनुसार उजुरी दर्तापछि थप पीडितहरू सम्पर्कमा आएका छन् । ‘थप ५०÷६० जनाको उजुरी प्राप्त भएको छ । संकलन गरेर प्रहरीमा बुझाउँछौं,’ उनले भने । प्रहरीले उजुरी स्विकारे पनि दर्ता गरिसकेको छैन । ‘धेरैको उजुरी परेको छ, सबै उजुरी अध्ययन भइरहेकाले दर्ता गरिसकेका छैनौं,’ प्रहरी स्रोतले भन्यो, ‘प्रक्रिया पुगे नपुगेकोबारे अध्ययन गरेपछि दर्ता हुन्छ ।’ वाग्मती प्रदेश सहकारी कार्यालयबाट पत्रसहित आवश्यक कागजात आउन बाँकी रहेकाले उजुरी दर्ता नभएको सहकारी पीडितले बताए । ‘प्रहरीले ...
इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

Breaking News 2, राजनीति, समाचार
इलाम / फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस ८२ मतले अघि लागेको छ । १ र २ मा २ हजार ८३९ मत खसेकोमा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले१ हजार ६३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको  ३११ मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू २०९ मत पाएर चौथो स्थानमा छन् । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।...
इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान

इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान

Breaking News 2, राजनीति, समाचार
विराटनगर / इलाम उपनिर्वाचनमा ५७ प्रतिशत मतदान भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी अनुसार एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६६ हजार अर्थात् ५७ प्रतिशत मतदान भएको हो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इलाम २ का ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रलाई संवेदनशील मानिए पनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो । २०७९ को संघीय निर्वाचनमा इलाम २ मा ६२ प्रतिशत मत खसेको थियो । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मतदान सम्पन्न गर्नका लागि सात सय ४५ जना कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शान्ति सुरक्षामा अति सजगता अपनाएका कारण सहज रूपमा मतदान सकिएको जानकारी दिए ।...
इलाम २ मा ५७ प्रतिशत मतदान,आजै मत गणना सुरु गर्ने तयारी

इलाम २ मा ५७ प्रतिशत मतदान,आजै मत गणना सुरु गर्ने तयारी

Breaking News 2, प्रमुख समाचार, राजनीति
इलाम। इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय गरिने जनाएको छ ।...
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद

डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ ।...
कतारका राजा स्वदेश फर्किए

कतारका राजा स्वदेश फर्किए

Breaking News 2, समाचार
काठमाण्डाै / कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण गरेर स्वदेश फिर्ता भएका छन्।  उनि आज दिउसो स्वदेश फर्किएको हो  । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पाैडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि हिजाे नेपाल आएको  थियाे । हिजाे नै राष्ट्रपति पाैडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता भएकाे थियाे ।...
निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने -प्रधानमन्त्री दाहाल

निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने -प्रधानमन्त्री दाहाल

Breaking News 2, समाचार
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन् । जी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ प्रधानमन्त्री प्रचण्डले भन्ने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ ।’ आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले प्रोत्साहन गर्ने नीति लिंदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए । अनलाईन खबरबाट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"