Breaking News 2

बागमती प्रदेशमा स्वास्थ्य उपचार सेवा निशुल्क गरिने

बागमती प्रदेशमा स्वास्थ्य उपचार सेवा निशुल्क गरिने

Breaking News 2, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौँडा/ बागमती प्रदेशमा स्वास्थ्य उपचार निशुल्क गरिने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले हालै सार्वजनिक एक वार्षिक समीक्षा कार्यक्रममा प्रदेशभरि निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने योजना अघि सारेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे । उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्छ भने । साथै स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताए ।...
बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु

Breaking News 2, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा / बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आज सोमबारबाट सुरु भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थय मन्त्री किरण थापा मगरको सभा अध्यक्षता र मुख्य मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बहादुर सिंह लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावकारी बनाउने बताए । मुख्य मन्त्र लामाले नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम भनेको कर्मचारीले गर्नुपर्ने बताउदै मुलुकमा उद्योगधन्दा नखुल्ने अनी रोजगारीका अवसर भएन भनेर भन्नुको कुनै अर्थ नहुने बताए ।   यसै गरीस्वास्थ्य मन्त्री किरण थापा मगरले यो समिक्षा गोष्ठी संगै गतवर्षको कमिकमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने बताए । संघीयताको कार्यान्वयन भनेको स्वास्थ्य र शिक्षा प्रभावकारी बनाउनुप...
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।...
तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल

तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ / प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको बताइएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको श्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।...
पार्टी कार्यालय निर्माणमा गुरुङले गरेको सहयोग प्रति कांग्रेस महामन्त्री शर्माको विरोध

पार्टी कार्यालय निर्माणमा गुरुङले गरेको सहयोग प्रति कांग्रेस महामन्त्री शर्माको विरोध

Breaking News 2, समाचार
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताएका छन् । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङले गरेको सहयोगको विरोध उनले गरेका छन् । महामन्त्री शर्माले एक अर्ब रुपैयाँ भन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने बताए । उनले व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्ने कुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उल्लेख गरे ।...
ईन्द्रसरोवरलाई ५ लाख र घलानको परिवारलाई १ लाख प्रदान गर्ने हेटौँडा उपमहानगरपालिको निर्णय

ईन्द्रसरोवरलाई ५ लाख र घलानको परिवारलाई १ लाख प्रदान गर्ने हेटौँडा उपमहानगरपालिको निर्णय

Breaking News 2, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौँडा / मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकालाई हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । बाढी पहिराले प्रभावित पारेका ईन्द्रसरोवर गाउँपालिकाको पुनर्निर्माणका लागि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ प्रदान गर्ने भएको हो । यसै गरी असोज १२ गते सस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौंडा १२ का अनुपम घलानको परिवारलाई पनि १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार उपमहानगरपालिकाको ५४ औं कार्यपालिका बैठकले गरेको हो ।...
प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रधानन्यायाधीशमा राउत नियुक्त

Breaking News 2, समाचार
काठमाडौँ / सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजे हुँदैछ । यसअघि असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् ।...
चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी विशेष शो सुरु

चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी विशेष शो सुरु

Breaking News 2, मनोरञ्जन, समाचार
हेटौंडा / चलचित्र ग्याल्बो राजा हेटौंडामा आजदेखी तीन दिन विशेष शो सुरु भएको छ । कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको तामाङ भाषा र नेपाली भाषाको चलचित्र आज बिहीबार बाट ओम म्याक्स हलमा सुरु भएको हो । चलचित्र अधिकांश मकवानपुर र काठमाडौंमा नै छायाङ्कन भएको र कलाकार पनि मकवानपुरकै रहेका कारण हेटौँडामा विशेष शो गरिएको हो । चलचित्रमा गाउँमा तामाङ र दलित जातिको प्रेमकथामा आधारित विषयवस्तु समेटिएको छ । यसै गरी चलचित्रमा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय रहेको छ । चलचित्र ग्याल्बो राजा १८ गते नेपाली भाषामा र १९ गते तामाङ भाषामा प्रदर्शन हुने छन् । चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने छन् । चलचित्र पार्ट २ पनि निर्माण गरिने जनाएको छ ।...
राहत कोषमा ५० लाख सहयोग गर्न अनुरोध गर्ने : एमालेको  निर्णय

राहत कोषमा ५० लाख सहयोग गर्न अनुरोध गर्ने : एमालेको निर्णय

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । अनलाईन खबरबाट...
झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो

झ्याप्लेखोला पहिरो [अपडेट] : अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो

Breaking News 2, समाचार
काठमाडौँ / पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"