Breaking News 2

नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने

नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौ / नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ । यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो । नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । सम्झौतामा सिप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठकमार्फत् छिट्टै टुङ्ग्याउने सहमति भएको छ । दुुई महिनापछि कतारका अमिर नेपाल भ्रमण आउँदा परिमार्जन गर्न लागिएको श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ । यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका वि...
भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु : राष्ट्रपति

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु : राष्ट्रपति

Breaking News 2, समाचार
काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे । भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे । विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको सुझाव थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए । उनले जनमुखी विकासबाट...
हेटौंडामा सोनाम ल्होछारको रौनक 

हेटौंडामा सोनाम ल्होछारको रौनक 

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताका साथ समपन्न भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको ल्होछार सांस्कृतिक कार्यक्रम शनिबार समपन्न भएको हो । उक्त सांस्कृतिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । सांस्कृतिक कार्यक्रमको उद्धघाटन गर्नु हुदै प्रमुख लामाले तामाङ समुदायको संस्कृति र ईतिहासलाई बचाउन तामाङ संगा्रहालयको निर्माण कार्यमा रहेको बताए । आदिवासी जनजातिको संरक्षणमा लाग्नु पर्ने उनले बताएका छन् । कार्यक्रमा हजारौ दर्शकशरुले अवलोकन गरेका थिए । प्राय जसो तामाङ पोषाकमा देखिन्थ्यो । स्थानिय तथा राष्ट्रिले कलाकारहरुले दिएको प्रस्तुतिमा दर्शकहरु निकै प्रभावित भएको थियो । का...
बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होछारको शुभकामना

Breaking News 2, बागमती प्रदेश, मनोरञ्जन, समाचार, समाज
हेटौंडा . बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त बताएका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेको हो । ‘विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनःएक पटक शभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा बताएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूणर् वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताएको छ । बहुजातीय, बहुभाष...
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारी

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारी

Breaking News 2, समाचार
काठमाडौँ / निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ । आयोगले शुक्रवार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो । २०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए । त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ ।...
सलनाल नेप हप रात्रीकालिन कार्यक्रमको स्थान परिवर्तन

सलनाल नेप हप रात्रीकालिन कार्यक्रमको स्थान परिवर्तन

Breaking News 2, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षण कोरिया । कोरियन पर्व सलनालको अवसरमा फेब्रुअरी १० तारिकको दिन आयोजना हुदै गरेको सलनाल नेप हप रात्रिकालीन कार्यक्रमको स्थान परिवर्तन भएको छ । क्बल सञ्चालकले सुरक्षा र पा्रबिधिक कारण देखाई हल परिवर्तन गर्न आग्रह गरे पश्चात कार्यक्रम स्थल परिवर्तन गर्नु परेको आयोजक संस्था हार्मोनी भाइब्सका सदस्य नबिन नापीतले लाबा न्यजलाई जानकारी दिएको छ । सुवनमा हुने उक्त कार्यक्रम सुवनकै एक नम्बर लाईन ट्रेनको १२ र १३ नम्बर गेटको २ सय मिटर अगाडी रहेको क्लबमा सोही समयमा हुने जनाएको छ । तोकिएको स्थानमा कार्यक्रम नहुदा श्रोता दर्शकलाई परेको असर प्रति आयोजकले क्षमा याचना गरेको छ । उक्त रात्रीकालिन कार्यक्रमको लागि नेपाल देखि भोली दिउसो गायक अनिल सिंह कोरिया आईपुग्ने आयोजक संस्थाका सदस्य नापीतले बताए ।...
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने

Breaking News 2, कोशी प्रदेश, समाचार
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको प्रदेश नम्बर– १ पुन नामांकन संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो । माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । बुधबार बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । कोशी सरकारले आन्दोलनरत पक्षसंग वार्ता...
बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

बकैयाको जन जागृति विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने घलानको घोषणा

Breaking News 2, बागमती प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका वडम नम्बर ८ स्थित जन जागृति माध्यमिक विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने भएको हो । घलानले मंगलबार विद्यालयमामा पुगी एक थान प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेको थियो । विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्न लागेको घलानले बताए बताएका छन् । घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घलान राजनीति र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन्। नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत घलान उक्त वडामा जिल्ला प्रतिनिधिको रुपमा पुगेका थिए ।...
हेटौँडा सिमेन्ट उद्योग पुन सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग पुन सञ्चालनमा

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौँडा/ हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुन सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो । कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएपछि उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए । उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको महाप्रबन्धक पाण्डेले दिएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"