खेलकुद

मकवानपुरगढीमा अन्तरपालिका स्तरीय रनिङशिल्ड सुरु

मकवानपुरगढीमा अन्तरपालिका स्तरीय रनिङशिल्ड सुरु

Breaking News 2, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा आज शनिबारबाट अन्तरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता आज बाट सुरु भएको हो । प्रतियोगितामा प्रतियोगितामा ११ वटा टिम सहभागि रहने भनिएकोमा ७ वटा टिम सहभागि रहेको मकवानपुर गढी खेलकुद विकास समितीका सदस्य विक्रम योन्जनले जानकारी दिनुभयो । मनहरी, राक्सिराङ,बकैया र भिमभफेदि गाउँपालिका उपस्थित नरहेको सदस्य योन्जनले बताउनु भयो । बागती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी छिन्तुले प्रतियोगिताको उद्धघाटन गरेका छन् । प्रतियोगिताको उद्धघाटन समारोहमा मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष्य हिरा बाबु स्याङतान, मकवानपुर गढी गाउँपालिका प्रमुख अध्यक्ष्य दोर्जे लामा स्याङतान, गढी गाउँपालिका उपाध्यक्ष्य मान कुमारी पाख्रिन लगायतका पधाधिकारीहर...
यू–१९ विश्वकपमा शनिबार नेपाली क्रिकेट टोली खेल खेल्दै

यू–१९ विश्वकपमा शनिबार नेपाली क्रिकेट टोली खेल खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौँ / आईसीसी यू–१९ विश्वकप खेल्न नेपाली क्रिकेट टोलीले शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो । पाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल भने जनवरी १६ मा वेस्ट इन्डिजको यू–१९ टोलीसँग खेल्नेछ ।  ...
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

खेलकुद, प्रमुख समाचार, समाचार
२५ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय तोकिएको छ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्तिबापत प्रतिवादी सन्दीप लामिछानेबाट ...
मकवानपुर गढीमा रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने

मकवानपुर गढीमा रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद
हेटौंडा / मकवानपुरको गढी गाउँपालिकामा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । पुस २८ गते देखी सुरु हुने प्रतियोगिता माघ १ गते समापन हुने समितिका संयोजक हिरा ९बाबु० स्याङ्तानले बताउनु भयो । मकवानपुरको १० वटै स्थानीयतह र आयोजकको थप १ वटा समूह सहित ११ वटा समूह प्रतियोगितामा रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेताले नगत रु १ लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले नगत रु ७५ हजार प्राप्त गर्ने जनाएको छ । खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने प्रावधान रहनुका साथै दर्ता शुल्क ३ हजार लाग्ने आयोजकले जनाएको छ ।...
नेपाल सुपर लिग को उपाधि ललितपुर सिटी एफसीलाई

नेपाल सुपर लिग को उपाधि ललितपुर सिटी एफसीलाई

खेलकुद
१४ पौष, काठमाण्डौं -  नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।...
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

खेलकुद, प्रमुख समाचार, समाचार
१३ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो&nb...
साबिक विजेता सुदूरपश्चिम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित

साबिक विजेता सुदूरपश्चिम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित

खेलकुद
५ पुस, काठमाण्डौं  - साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो । एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सकेको थियो । कविता जोशी २७ बलमा २ चौका र १ छक्कासहित २२ र सम्झना खड्काले १२ रन बन...
स्टार्क बने आइपिएलका सर्वाधिक महँगा खेलाडी

स्टार्क बने आइपिएलका सर्वाधिक महँगा खेलाडी

खेलकुद
३ पुस, काठमाण्डौं - आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न्।  उनको आधार मूल्य २ करोड भारु थियो। सुरुमा उनलाई दिल्ली क्यापिटल्स बोली लगाएको थियो। त्यसपछि मुम्बई इन्डियन्ससँगै कोलकता नाइटराइडर्स पनि अक्सनमा उत्रिएको थियो। अन्तिममा गुजरात र कोलकताबीचको भिडन्तमा स्टार्कलाई कोलकताले भित्र्याउन सफल भयो। उनी २४.७५ करोड भारुमा कोलकतामा भित्रिएका हुन्।  यसअघि आजै अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई सनराइजर्स हैदरावादले २०.५० करोड भारूमा भित्र्याएको थियो। अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८.५० करोड भारुमा आबद्ध गरेको थियो।...
भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

खेलकुद, प्रमुख समाचार
२ पुस, काठमाण्डौं - नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयू १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका छन् । रोयल कोलकाता गल्फ क्लबमा म्याच–प्ले फर्म्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता हुन्, सुवास । सन् १८९२ मा सुरुआत भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् । सुरुको दुई दिन स्ट्रोक–प्ले फर्म्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका निम्ति छनोट भएका थिए । स्ट्रोक–प्लेमा सुवास १–ओभर ७३ र २–...
पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम

पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम

खेलकुद, प्रमुख समाचार
२ पुस, काठमाण्डौं - फ्रेञ्च लिग वानमा पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। यसअघि लगातार ८ खेलमा जित निकालेको पिएसजी नवौं खेलमा लिलसँग १-१ गोलको बराबरीमा रोकियो।  लिलका जोनाथन डेभिडले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा  गोल गर्दा पिएसजी बराबरीमा रोकिन बाध्य भएको हो।  त्यसअघि खेलको ६६ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो। लुकास हर्नान्डेजलाई बाफोडे डियाकाइटले फाउल गरेपछि एमबाप्पेले आफ्नो १६औं खेलमा सिजनको १६औं लिग गोल गरे। लिगमा पिएसजी १६ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको निसभन्दा रियल ५ अंकले अघि छ।  १२ सिजनमा १०औं फ्रान्सेली उपाधि जित्ने अभियानमा रहेको पिएसजी लिगमा अझै बलियो स्थानमा छ।  मोनाको ३० अंकसहित तेस्रो स्थानमा छ। मोनाको शुक्रबार लियोनसँग १-० ले पराजित भएको थियो भने निस...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"