अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन सम्पन्न , अध्यक्षमा रुद्र पौडेल
शुभराज भोम्जन
दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औँ अधिवेशन सम्पन्न भएको छ । आइताबार दोङ्देमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनले अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको सांगाठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनलाइ पास गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष हिमाल खनालको अध्यक्षतामा भएको अधिवेशनमा गैर आवासीय नेपाली संघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र अन्य बिभिन्न संस्थाका अध्यक्षहरुको विशिष्ठ आतिथ्यता रहेको थियो । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती संगै अर्घाखाँची स्थायी घर भइ दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासीहरुको बाक्लो सहभागिता रहेको थियो ।
अध्यक्षमा रुद्र पौडेल
अधिवेशनको बन्दसत्र बाट अध्यक्षमा रुद्र पौडेललाइ सर्वसम्मतमा अध्यक्षमा चयन गरेका छन । त्यसै...



