बागमतीमा ४ मन्त्रीले लिए शपथ
हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।
प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् ।
रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो । एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपल...




