Day: २ वर्ष अगाडि

हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ परेको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंबर– ९ बस्ने २० वर्षिय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षिय दावा थिङलाई पक्राउ गरेको हो । मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नंबरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो । पिकअप गाडी सहित घलान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।...
हेटौंडा १९नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने

हेटौंडा १९नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका  १९नं. वडा आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त बालमैत्री घोषणा गर्न लागिएको वडा अध्यक्ष नरनारथ सुवेदिले जानकारी दिए । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गर्न ५१ सूचकहरू आवश्यक पर्छ । उक्त सुचकहरुमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु ः ९०, ८५ र ८० सम्म नतिजा हाँसिल भएको वडा अध्यक्ष सुवेदिले बताए । यस वडामा कुल बालबालिकाको जनसंख्या ५१.५५ प्रतिशत बालक र ४८.४४ प्रतिशत बालिका रहेको छ । वडामा सामुदायिक र संस्थागत र बाल विकास केन्द्र गरी १० वटा विद्यालय र समुदाय स्तरमा १८ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेका छन् ।...
सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई  आज काठमाडौँ लगिदैँ

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई आज काठमाडौँ लगिदैँ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।...
अफगानिस्तानको बदख्सान  कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको बदख्सान कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
अफगानिस्तान / उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सोमबार भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय वासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्रोतका अनुसार गत हप्ता मात्र यहि क्षेत्रमा यात्रु बहाक गाडी दुर्घटना हुदाँ महिला तथा बालबालिका सहित आठ जना यात्रुहरूको ज्यान गएको थियो ।...
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै

Breaking News 1, खेलकुद, मधेस प्रदेश, समाचार
काठ्माण्डौ/  नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ ।   क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ । त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ जसमा‌ २०% छुट दिइएको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४,४८०रुपैयाँ र भीआईपी तर्फ ८,२४० रुपैयाँ पर्ने छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"