फोनमनी र लक्ष्मी सनराइज बैंकको सहकार्यमा अर्थ व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न
शुभराज भोम्जन
दक्षिण कोरिया । आइतबार फोनमनी रेमिट्यान्स र लक्ष्मी सनराईज बैंकको सहकार्यमा आर्थिक व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भौतिक र भर्चुअल दुबै माध्यम बाट सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा सयौँको संख्यामा सहभागिता रहेको थियो ।
सहभागिहरु फोनमनी रेमिट्यान्सको कार्यालय दोङदेमुनमा भौतिक रुपमा सहभागि भएर अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाएको थियो । अभिमुखिकरण कार्यक्रममा आईपिओ, रेमिट्यान्स आइपियो, पिएमएस सर्भिस, एसआईपी र सेकेण्डरी मार्केट ट्रेडिङ लगायतका विषयहरुमा अभिमुखीकरण गरि एको थियो ।
जुम भर्चुअल र फोनमनीको कार्यालयमा भौतिक रुपमा सहभागि भएकाहरुलाई लक्ष्मीसनराईज क्यापिटलका म्युचल फण्ड अफिसर बिकेक विष्ट र पोर्टफुल्लियो म्यानेजमेण्ट सर्भिसका पब्लिक रिलेशनसिप म्यानेजर नेहा श्रेष्ठले अभिमुखीकरण गरिएको थियो । कार्यक्तममा दक्षिण कोरियाको सामाजि...
