बागमती प्रदेश

नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

नेवा तामाङ भाषा बैशाख २४ गते देखि सरकारी कामकाजिको रुपमा लागु हुदै

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
अञ्जना तामाङ हेटौंडा/ नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजि भाषाको रुपमा लागु हुने भएको छ । नेवा तामाङ भाषालाई बैशाख २४ गते सोमबार देखि सरकारी कामकाजि भाषाको रुपमा लागु गरिने भएको हो । नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति,नेवा देय् दबु स्वनिगः बिशेष प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो सम्बन्धमा जानकारी दिएको हो । यसै तिन समितिको आयोजनामा बागमति प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवा ÷तामाङ भाषा दिवस मनाईने आयोजकले जनाएको छ । सोमबार विहान ७ः ४५ बजे हेटौंडा बुद्ध चोक देखि सांस्कृतिक झाँकी सहितको र्याली हुने र सभा तथा नेवा सांस्कृतिक संग्रहालयको शिलान्यास गरिने जनाएको छ । सोहि दिन बागमती प्रदेश सरकारले सार्वजनिक विदा समेत दिईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री देखि सांसदहरुको बिशेष भुमिकाले भाषा...
बागमती प्रदेश सरकारको तर्फबाट नेकपा एसलाई २ वटा विकल्प सहितका प्रस्ताव

बागमती प्रदेश सरकारको तर्फबाट नेकपा एसलाई २ वटा विकल्प सहितका प्रस्ताव

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो । सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका हुन् ।  माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् । क्त विषयमा सत्ता गठबन्धन दलहरू बिच भने सहमति हुन बाँकी नै रहेको उनले बताए । मुख्य दलहरू बिच सहमति भएको र सोही अनुसार एकीकृत समाजवादीलाई प्रस्ताव अघि बढाइएको उ...
प्रदेशको नाम बागमती खारेजी तथा बहुल राष्ट्रिय राज्य स्थापनार्थ हेटौंडामा जनप्रदर्शन

प्रदेशको नाम बागमती खारेजी तथा बहुल राष्ट्रिय राज्य स्थापनार्थ हेटौंडामा जनप्रदर्शन

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / प्रदेशको नाम बागमति खारेजी तथा बहुल राष्ट्रिय नेपाल स्थापनार्थ बुधबार हेटौंडामा जनप्रदर्शन तथा कोणसभा कार्यक्रम भएको छ । समान नेपाल, तामसालिङ ब्युरो , तामाङ राष्ट्रिय परिषद , चुरे भावर बिशेष ब्युरो , योङ इण्डिजिनिष्ट लिग , तामाङ राष्ट्रिय वाहिनीको संयुक्त आयोजनामा जनप्रदर्शन र कोण सभा कार्यक्रम संचालन गरिएको हो । उक्त जनप्रदर्शन कार्यक्रम राष्ट्रिय मुक्ति क्रान्ति अभियानको राष्ट्रिय संयोजक राजेन्द्र महतोको प्रमुख आतिथ्यता र राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता योग बहादुर ब्लोन को सभा अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र महतोले सबै नेपालीले आफ्नो पहिचान र अधिकार प्राप्त गर्र्नु पर्ने र पहिचान बादी जनता एक नभई आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताए । राष्ट्रिय मुक्ति क्रान्ति मार्फत बहुल राष्ट्रिय राज्य को निर्माण गरिनु पर्ने उनले बताए । पहिचानको...
बागमतीमा ४ मन्त्रीले लिए शपथ

बागमतीमा ४ मन्त्रीले लिए शपथ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, राजनीति
हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् । रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो । एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपल...
बागमती प्रदेश सरकारमा नेकपा एसका  आलेमगर मन्त्रीमा नियुक्त

बागमती प्रदेश सरकारमा नेकपा एसका आलेमगर मन्त्रीमा नियुक्त

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर मन्त्रीमा नियुक्त भएको छ । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार आलेलाई मन्त्री नियुक्त गरेको हो । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने बताइएको छ । सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् ।...
आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन्। मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए । “पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।” आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिन...
मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउदोसोमबार १९ गते विश्वासको मत लिदै छन्। माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख  रत्नप्रसाद ढकालले प्रदेश सभामा शुक्रवार विश्वासको मतको प्रस्ताव दर्ता गराएको हो ।
मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ मुख्य न्यायाधिवक्ता कार्यालय बागमती प्रदेश हेटौंडाकोे स्थापना समारोह हेटौंडामा भएको छ । सोमबार कार्यालयले ७ औँ स्थापना दिवस मनाएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता र मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाका प्रमुख ज्ञानेन्द्र नेपालको सभा अध्यक्षतामा स्थापना दिवस समारोह भएको थियो । प्रमुख अतिथि घलानले बागमती प्रदेशमा निर्माण भएका निति नियमलाई कार्यान्वयन गर्न न्यायधिवक्ता जिम्मेवार हुनुपर्ने र  उक्त कार्यालयले दिनु पर्ने सेवा सुविधाहरु परिस्कृत हुदै जानु पर्ने बताएका थिए । कार्यक्रममा कानुन अधिकृत लगाएतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।...
मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. सिलवाल

मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. सिलवाल

Breaking News 2, बागमती प्रदेश, शिक्षा, समाचार
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख पदमा डा .यम सिलवाल नियुक्त भएको छ । क्याम्पस सञ्चालक समितिले शनिबार क्याम्पसको प्रमुख पदमा डा. सिलवाललाई नियुक्त गरेको हो । यस अघि क्याम्पसको प्रमुख पदको जिम्मेवारी डा. शंखर प्रसाद उपाध्ययले सम्हाल्दै आएका थिए ।
महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमति प्रदेश स्तरीय आठौं महिला उद्यमी प्रदर्शनी शुक्रबार आज देखि सुरु भएको छ । उद्योग बाणिज्य संघ मकवानपुर र महिला उद्यमी बिकास समितिको आयोजनामा ५ दिने महिला उद्यमी प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो । बागमति प्रदेशका महिला उद्यमीकर्मीहरुले निर्माण तथा उत्पादन गरेका समाग्रिहरुको स्टल राखी प्रर्दशन गरेका थिए । प्रर्दशनि कार्यक्रम ६ गते सम्म चल्ने छ । कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण ब्यबसायी संघ अध्यक्ष बाल गोपाल कडेल, एकीकृत समाजबादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली र अन्य विभिन्न संघ संस्थाहरुको उपस्थित रहेको थियो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"