नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली
अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’
सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए ।
‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता अनुसार अगाडि जाउँ भनिरहेका छौं । सहयोग गर्छौ छलफल गर्छौ, छलफलमा भाग लिन्छौ भन्दा कस्तो सत्तापक्ष ? यो तरिकामा त्यति नजाउ भन्ने मेरो आग्रह छ । यो अहिले कोर्टमा छ यसमा म...
