समाचार

आगामी आवको बजेट सिलिङ १८ खर्ब तोकियो

आगामी आवको बजेट सिलिङ १८ खर्ब तोकियो

Breaking News 2, समाचार
काठमाडौं/ आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए । चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए । पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।...
निर्वाचन आयोगले ४१ दल खारेज गर्दै

निर्वाचन आयोगले ४१ दल खारेज गर्दै

Breaking News 1, समाचार
काठमाडौं / निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ । आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्न लागेको हो । नियम उल्लंघन गरेका कारण तोकिएको जरिवानासमेत नबुझाएपछि दलहरु खारेज गर्न लागेको आयोगले जनाएको छ । यी ४१ दललाई जरिवाना बुझाउन अन्तिम एक पटक मौका दिइने बताइएको छ । मौका दिँदा पनि जरिवाना नबुझाए दलको खारेजी प्रक्रिया अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।...
नव जनजागृती हराउँदै एनआरटी सेमिफाइनल प्रवेश ः बागमती गोल्डकप

नव जनजागृती हराउँदै एनआरटी सेमिफाइनल प्रवेश ः बागमती गोल्डकप

Breaking News 1, खेलकुद, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई १–० गोलले हराउँदै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।   एनआरटीको जीतमा मोहित गुरुङ्गले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गुरुङ्ग घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पहिलो पटक सहभागि जनाएको एनआरटी पहिलो प्रयासमै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेश गरेको एनआरटीले अब फाइनल प्रवेशका लागि ए डिभिजन क्बल जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।...
थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला

थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हेमन्तको शरीरमा धेरै घाउ रहेको छ । ढकाल दम्पती घाइते बनाएपछि भाग्ने क्रममा चितुवा छिमेकी जगन्नाथ ढकालको घरको सेप्टिक टंयाकीमा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । सेप्टिक टंयाकीबाट चितुवालाई निकालिएको छ र डिभिजन वन कार्यालय पालुङको टोली आएर अनुसन्धान गरिरहेको छ ।...
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

Breaking news 3, लुम्बिनी प्रदेश, समाचार
कपिलवस्तु/ कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।...
बन्धक बनाइएका ७ जना भारतीय नागरिकको उद्धार

बन्धक बनाइएका ७ जना भारतीय नागरिकको उद्धार

समाचार
काठमाडौं /अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका कम्तिमा ७ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले उनीहरुलाई रातोपुल क्षेत्रबाट उद्धार गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । उनीहरुलाई अमेरिका लगिदिने भन्दै रकम असुली गरेर नेपालमा ल्याएर अलपत्र पारेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । काठमाडौं प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने तयारी गरेको छ ।...
माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव

माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव

राजनीति, समाचार
काठमाडौं/ नेकपा माओवादी केन्द्रको विधान अधिवेशनका प्रतिनिधिहरुले पार्टीलाई छरितो र क्रियाशील बनाइराख्न नेतृत्वलाई सुझाव दिएका छन् । आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा हिमाल शर्माले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिन पनि सुझाव दिए । नेता दिलीपकुमार प्रजापतिले केन्द्रीय सदस्यको संख्या सकेसम्म कम गर्नुपर्ने सुझाव दिए । उनले पूर्णकालीन पार्टी सदस्यको स्पष्ट व्यवस्था गर्न सुझाव दिए । नेता कुमार पौडेलले पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था विधानमा गर्नुपर्ने बताए । उनले घाइते र पूर्व जनमुक्ति सेनालाई विशेष व्यवस्था गर्न सुझाव दिए ।...
११ करोड ठगी गरेको आरोपमा किशोर श्रेष्ठ पक्राउ

११ करोड ठगी गरेको आरोपमा किशोर श्रेष्ठ पक्राउ

समाचार
बागलुङ /बचतकर्ताको ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मा बजारस्थित माता पाथीभरा सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीको रकम हिनामिनामा श्रेष्ठ पक्राउ परेका हुन् । उनी अध्यक्ष रहेको सहकारीका ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको प्रहरी निरीक्षक केशव केसीले बताए । र्वतकै तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठका भाइ हुन् किशोर । बालगोपालविरुद्ध पनि २९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनी अहिले फरार छन् । हाल बालगोपाल अस्ट्रेलिया पुगेर लुकेको पीडितले बताए । कुश्मा नगरपालिका– १ की ५५ वर्षीया शकुन्तलाकुमारी श्रेष्ठको जाहेरीमा बालगोपालसहित २२ जनालाई अदालतले पक्राउ पुर्जी जा...
थाहा सञ्चारद्धारा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी बिजयी

थाहा सञ्चारद्धारा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी बिजयी

Breaking News 2, खेलकुद, समाचार
हेटौंडा/ रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी भएका छन् ।   थाहा सञ्चारले विविध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन फागुन २ गते हेटौंडा -५ स्थित क्याम्पा रंगशालामा महिला पत्रकार र महिला अधिकारकर्मीबीच सेभेन ए साईड फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी २–० ले बिजय भएको हो ।   बिजेता समुहले नगत ५ हजार सहित प्रमान पत्र प्राप्त गरेका छन् । यसै गरी उपबिजेता टिमले पनि प्रमाणपत्र प्राप्त गरेका छन् ।...
मकवानपुर गढीमा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

मकवानपुर गढीमा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

Breaking News 1, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढी गाउँपालिका कार्य समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । ल्होछार कार्यक्रमको लागि मकवानपुर गढी गाउँपालिका अन्य संघ संस्थाहरुको आर्थिक सहयोग रहेको थियो । बिहिबार समपन्न भएको कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुर गढीका अध्यक्ष सानो कान्छा थिङको सभा अध्यक्षता र गढी गाउँपालिका प्रमुख दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यतामा भएको थियो । यसै गरी कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति र नृत्य,दोहोरी,गायन रहेको थियो । साथै लामा,बोम्बो र डम्फुरेको प्रस्तुति रहेको थियो । ल्होछारमा १० देखि १५ सय दर्शक्हरुको उपस्थित रहेको थियो । कार्यक्रम सफल पार्न कलाकार, आर्थिक सहयोगीदाता, स्थानिय सञ्चारकर्मीहरुलाई सम्मान गरी कदर पत्र वितरण समेत गरेका थिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"