Breaking news 3

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।...
त्रिशुली नदिमा बस खस्दा ६ जनाको मृत्यु

त्रिशुली नदिमा बस खस्दा ६ जनाको मृत्यु

Breaking news 3, समाचार
धादिङ / धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार च...
नेकपा एसको अध्यक्ष माधव नेपालको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड र ओली

नेकपा एसको अध्यक्ष माधव नेपालको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड र ओली

Breaking news 3, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।  ...
‘लाइभ कन्सर्ट’मा साउण्ड टेक्निसियनसँग एलिना चौहानको पर्‍यो चर्काचर्की

‘लाइभ कन्सर्ट’मा साउण्ड टेक्निसियनसँग एलिना चौहानको पर्‍यो चर्काचर्की

Breaking news 3, मनोरञ्जन
काठमाडौं । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भएको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की परेको हो । सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरिरहेको देखिन्छ । तर ती प्राविधिकले चाहिँ ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’भनेर जवाफ फर्काएका छन् । त्यसपछि एलिनाले भनेकी छन् पहिले तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो आफ्नो गल्ती‘यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन क्या । बुझ्नु भो नि । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन अनि । लाज लाग्दैन यस्तो बोल्नलाई ? त्यसपछि ती टेक्निसियनले भनेका छन् तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ त्यसपछि एलिनाले अन्य आयोज...
नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वरमा सोमबार भेटेर प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मोहन गौतमले रातोपाटीलाई बताए । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । रातोपाटीबाट  साभार...
अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।   आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएको छ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी जसपा, र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई समेत समेट्ने सहमति भएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको हो । स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएक...
इटहरीमा आगलागी हुँदा महिलाको मृत्यु

इटहरीमा आगलागी हुँदा महिलाको मृत्यु

Breaking news 3, समाचार
काठमाडौं / सुनसरीको इटहरीमा शनिबार राति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ को वीपी चोकमा आगलागी हुँदा जलेर ५२ वर्षीया गीतामाया कटवालको मृत्यु भएको हो । कटवालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कटवालको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । आगलागी हुनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
२० जना राष्ट्रिय सभाका सदस्यको पदावधि आजदेखि सकिँदै

२० जना राष्ट्रिय सभाका सदस्यको पदावधि आजदेखि सकिँदै

Breaking news 3, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
काठमाडौँ । २० जना राष्ट्रिय सभाका सदस्यहरूको पदावधि आज देखि सकिँदै छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना राष्ट्रिय सभा सदस्यहरुको पदावधि आजदेखि सकिने भएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने संबैधानिक व्यवस्था रहेको छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना रहेका छन् । आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । बाँकी रहेको एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।...
अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन भोली हुदै

अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन भोली हुदै

Breaking news 3, प्रवास, समाज
दक्षिण कोरिया । अर्घाखााची स्थायी घर भई दक्षिण कोरियालाई कर्मभूमी बनाएर बसोबास गर्दै आइरहेका नेपालीहरुको साँझा संगठन अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औँ अधिवेशन भोली आइताबार सौलको दोङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा हुने जनाएको छ । सन् २०१० मा स्थापना भएर कोरियाली नेपाली समाजमा सकृय रुपमा कृयाशिल रहेको यस संस्थाको भोली हुने अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष हिमाल खनालले बताए । भोली हुने अधिवेशनमा संस्थाको आर्थिक तथा सांगठानिक प्रतिवेदनहरु प्रस्तुत गरिने र सहभागिहरुबाट आवश्यक सुझाब संकलन गरेर प्रस्तुत गरिएको प्रतिवेदनहरु पास गर्ने जनाएको छ । भोली बिहान ११ बजे देखि सुरु हुने अधिवेशनमा सहभागि हुनको लागि अध्यक्ष खनालले कोरियामा रहेका सबै वर्ग क्षेत्रका संघ संस्था र ब्यक्तिहरुलाई लाबा न्युज मार्फत सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।...
सिन्धुपाल्चोक समाजको आयोजनामा मार्च २४ मा “महाजात्रा” को सौल-शो हुदै

सिन्धुपाल्चोक समाजको आयोजनामा मार्च २४ मा “महाजात्रा” को सौल-शो हुदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा नेपाली कथानाक चलचित्र महाजात्राको सौल सो हुने भएको छ । दक्षिण कोरियाको लागि बिशाल आवाज मल्टिमिडीया प्रालीले प्रदर्शन अधिकार पाएको उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्रदर्शनको लागि तयारी हुदै गरेको प्रालीका अध्यक्ष एबम् सञ्चालक बिशाल श्रेष्ठले जानकारी दिएका छन् । सौल सोको लागि सिन्धुपाल्चोक समाजले खरिद गरेको उक्त चलचित्र आपतकालिन राहत कोष स्थापना सहयोगार्थ प्रदर्शन गर्न लागेको समाजका अध्यक्ष राज लोप्चन तामाङले बताए । सौलको कुक्मीनह्वेगनमा प्रदर्शनको तयारी गर्दै गरेको उक्त चलचित्र राम्रो रहेकोले दर्शकको राम्रो साथ पाउनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष लोप्चन बताउछन् । षठकोण आर्टसको ब्यानरमा प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रमा बिपिन कार्की, हरिबंश आचार्य, वर्षा राउत, रबिन्द्र सिंह बाणीयाँ, रबिन्द्र झाँ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"