अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ को दक्षिण कोरियामा बुकिङ खुल्ला
शुभराज भोम्जन
दक्षिण कोरिया । मेगा स्टार अनमोल केसी अभिनित नेपाली कथानक चलचित्र 'फर्की फर्की' को दक्षिण कोरियामा प्रदर्शनीको लागि बुकिङ खुल्ला गरिएको छ । चलचित्रको कोरिया राइटस् नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले पाएको छ ।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको उक्त चलचित्रमा मेगा स्टार अनमोत केसी, जसिता गुरुङ,रबि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।
बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गते देखि देश तथा विदेशमा एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको उक्त चलचित्रलाई काफिया फिल्मस् र कुबेर फिल्मस्ले सामुहिक रुपमा वितरण गर्ने भएको छ ।
दक्षिण कोरियाको लागि नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले राइटस् पाए संगै दक्षिण कोरियामा चलचित्र प्रदर्शन गर्न चहाने व्यक्ति, समुह तथा संस्थाहरुको लागि ब...








