काठमाडौँ / कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...
काठमाडौं/ आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए । चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए ।
पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।...
हेटौंडा/ मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ ।
थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हेमन्तको शरीरमा धेरै घाउ रहेको छ । ढकाल दम्पती घाइते बनाएपछि भाग्ने क्रममा चितुवा छिमेकी जगन्नाथ ढकालको घरको सेप्टिक टंयाकीमा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । सेप्टिक टंयाकीबाट चितुवालाई निकालिएको छ र डिभिजन वन कार्यालय पालुङको टोली आएर अनुसन्धान गरिरहेको छ ।...
हेटौंडा/ रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी भएका छन् ।
थाहा सञ्चारले विविध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन फागुन २ गते हेटौंडा -५ स्थित क्याम्पा रंगशालामा महिला पत्रकार र महिला अधिकारकर्मीबीच सेभेन ए साईड फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी २–० ले बिजय भएको हो ।
बिजेता समुहले नगत ५ हजार सहित प्रमान पत्र प्राप्त गरेका छन् । यसै गरी उपबिजेता टिमले पनि प्रमाणपत्र प्राप्त गरेका छन् ।...
हेटौंडा/ राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत चरण बद्ध आन्दोलन जनाउने भएको छ । अभियानको यातायात व्यवसायी चालक मजदुर संगठनको आयोजनामा उक्त अभियानको बार्षिक उत्सव र शान्तिपुर्ण आन्दोलन हुने भएको हो ।
यातायात व्यवसायी चालक मजदुर संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै बार्षिकी र आन्दोलन गरिने बिषयमा जानकारी दिएको हो । कार्यक्रमको पहिलो दिन काठमाण्डौको भृकुटि मण्डपमा राजा ज्ञानेन्द्रले दिप बालेर कार्यक्रमको उद्धघाटन गर्ने यातायात व्यवसायी चालक मजदुर संगठन प्रमुख निरधोज खड्काले बताए । यस लगतै चरण बद्ध रुपमा शान्ति पुर्ण आन्दोलन चल्ने प्रमुख खड्काले जानकारी दिए । मकवानपुरबाट १० देखि १२ हजार अभियान्ता आन्दोलनमा सहभागि रहने बताए । देशका ७७ जिल्ला मध्य ७२ जिल्ला बाट ४ देखि ५ लाख अभियान्ता आन्दोलनमा जाने उने बताएका छन् । देशको अवस्था र व्यवस्था गलत भएको र गरीवले बाच्न पाउनु...
काठमाण्डौ / नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ ।
यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो ।
नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । सम्झौतामा सिप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठकमार्फत् छिट्टै टुङ्ग्याउने सहमति भएको छ । दुुई महिनापछि कतारका अमिर नेपाल भ्रमण आउँदा परिमार्जन गर्न लागिएको श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ ।
यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका वि...
काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे ।
भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने उनको भनाइ थियो । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे । विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको सुझाव थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।
उनले जनमुखी विकासबाट...
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताका साथ समपन्न भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको ल्होछार सांस्कृतिक कार्यक्रम शनिबार समपन्न भएको हो । उक्त सांस्कृतिक कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सांस्कृतिक कार्यक्रमको उद्धघाटन गर्नु हुदै प्रमुख लामाले तामाङ समुदायको संस्कृति र ईतिहासलाई बचाउन तामाङ संगा्रहालयको निर्माण कार्यमा रहेको बताए । आदिवासी जनजातिको संरक्षणमा लाग्नु पर्ने उनले बताएका छन् ।
कार्यक्रमा हजारौ दर्शकशरुले अवलोकन गरेका थिए । प्राय जसो तामाङ पोषाकमा देखिन्थ्यो ।
स्थानिय तथा राष्ट्रिले कलाकारहरुले दिएको प्रस्तुतिमा दर्शकहरु निकै प्रभावित भएको थियो । का...
हेटौंडा . बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त बताएका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेको हो । ‘विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनःएक पटक शभकामना व्यक्त गर्दछु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा बताएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूणर् वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताएको छ ।
बहुजातीय, बहुभाष...
काठमाडौँ / निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ ।
आयोगले शुक्रवार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो । २०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए । त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ ।...