Breaking News 2

आज ७५औं प्रजातन्त्र दिवस

आज ७५औं प्रजातन्त्र दिवस

Breaking News 2, प्रमुख समाचार, समाचार
आज ७५औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।...
मकवानपुरगढीमा ट्रिपर दुर्घटना हुदा लुङ्वाको घटनास्थलमै मृत्यु

मकवानपुरगढीमा ट्रिपर दुर्घटना हुदा लुङ्वाको घटनास्थलमै मृत्यु

Breaking News 2, समाचार
हेटौंडा/  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ट्रिपर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मकवानपुरगढी वडा नम्बर ७ स्थित खोटार स्थित भित्री सडकखण्डमा सिवम सिमेन्ट फ्याक्ट्रीको ढुङ्गा खानीबाट ढुङ्गा लोड लिई आउँदै गरेको ट्रिपर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी सोही वडा निवासी माथिल्लो जिम्बरका २४ वर्षीय देबेन्द्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बा २ क ६६६४ नम्बरको ट्रिपर ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किँदा पल्टिएको थियो ।  ...
वाईबा तामाङ समाज मकवानपुरद्धारा  सोनाम ल्होछारको शुभकामना आदानप्रदान

वाईबा तामाङ समाज मकवानपुरद्धारा सोनाम ल्होछारको शुभकामना आदानप्रदान

Breaking News 2, प्रमुख समाचार, समाचार
हेटौंडा/  वाईबा तामाङ समाज मकवानपुरले सोनाम ल्होछार, डुल ल्हो (सर्प) वर्षको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । बुधबार हेटौंडा १५ रातोमाटेमा समाजले ल्होछारको अवसरमा चियापान सहितको भेटघाट कार्यक्रमको आयोजना गरेको हो । तामाङ समाज मकवानपुरका अध्यक्ष हर्क सिं वाईबाको सभा अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले थर विशेषका तामाङ संघ, संस्थाहरुले आफ्नो नयाँ पुस्तालाई शिक्षा प्राप्तिमा विशेष जोड दिन आग्रह गरेका छन् । हरेक क्षेत्रमा अघि बढ्न शिक्षा पहिलो आधार भएकाले यसमा जोड दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजमा ल्या...
गुरुङको नेतृत्वमा सञ्चारिका समूह मकवानपुर१५ सदस्यीय नयाँ कार्यसमिति  चयन

गुरुङको नेतृत्वमा सञ्चारिका समूह मकवानपुर१५ सदस्यीय नयाँ कार्यसमिति चयन

Breaking News 2, प्रमुख समाचार, मल्टिमिडिया, समाचार
हेटौंडा / सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन भएका छन् । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः सम्झना थापा, सुनिता विष्ट, स्मिता अर्याल, सुप्रभा चौलागाईँ, अस्मिता भट्टराई, रविना घिमिरे, आँचल तिमल्सिना र सुमिना चौलागाई चयन भएका छन् । कार्यसमितिको बैठकले रमा बिष्ट र गीता कार्कीलाई सदस्यमा मनोनीत गरिएको छ । यसअघि सञ्चारिका समूहकी निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको अध्यक्षता एवम् सञ्चारिक बागमती प्रदेश अध्यक्ष सरिता दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्...
जेजुमा हुने ल्होछार कार्यक्रमको तयारी तिव्र, विश्व, आस्मान र सुरेश लामाको प्रस्तुती रहने 

जेजुमा हुने ल्होछार कार्यक्रमको तयारी तिव्र, विश्व, आस्मान र सुरेश लामाको प्रस्तुती रहने 

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । आँउदो जनवरी ३० तारिखका दिन नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको आयोजनामा हुन लागिएको बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ । तामाङ समुदायको प्रमुख मौलिक सांस्कृतिक तथा धार्मिक पर्व एवम् नेपालको राष्ट्रिय पर्व २८६१ डुल ल्हो ( सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजना हुन लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रित कलाकारहरूको प्रस्तुती सँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रस्तुतीको लागि नेपाल देखि आउने कलाकारहरूमा सेलो गायक विश्व दोङ, खान्दोके सेलो गायक आस्मान लोप्चन र गायक सुरेश लामा रहेका छन् । जेजुदो स्थित एस्टार होटलको हलमा हुने कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेकोले अन्तिम चरणमा रहेको जनाएको छ । दिउसो १२ः ३० बजे देखि सुरुहुने कार्यक्रम राती ९ बजे सम्म चल्नेछ । घेदुङ जेजुदो...
“मकवानपुरको डाँडैमा” बोलको सेलो गीतको अडियो सार्वजनिक (अडियो सहित)

“मकवानपुरको डाँडैमा” बोलको सेलो गीतको अडियो सार्वजनिक (अडियो सहित)

Breaking News 2, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । शुभराज भोम्जनको शब्द, संगीत गायक आस्मान लोप्चन र गायिका सुमिना लोको स्वरमा रहेको “मकवानपुरको डाँडैमा” बोलको सेलो गीत सोमबार सार्वजनिक भएको छ । आइतबार लाबा मिडिया युट्युब च्यानल मार्फत गीतको अफिसियल अडियो सार्वजनिक गरिएको हो । लाबा ग्रुपको प्रस्तुतीमा तयार भएको गीतको एरेञ्ज जोगलाल लामाले गर्नुका साथै रेकर्ड र मिक्सिङ भने अर्पन थिङले गरेका हुन् । प्रतिज्ञा लामा र निर योञ्जनको सयुक्त लगानिमा बनेको उक्त गीतको अफिसियल भिडियो भने आउदो अप्रिलमा खिच्ने योजना रहेको बताएका छन् । गीतको पोस्ट प्रोडक्सन भने लाबा मिडियाले गरेका हुन् । Audio link here  https://youtu.be/Y4nbRVXj_Gk?si=BJm6Gsv5bRTE4qfN...
बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

बनकरियाका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसंवाद

Breaking News 2, अन्तर्वार्ता, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बषौदेखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् । मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाण्डौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा बनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सन्तोषि वनकरियाले सोधेको प्रश्नको जवाफ दिदैँ उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति श्रेष्ठले सरकारको तर्फबाट जग्गाधनी पुर्जा लगाएत अन्य अधिकारको क्षेत्रमा काम भैरहेको बताउनुभयो । वनकरिया समुदायले जग्गा प्राप्तीका लागि विभिन्न ठाउँमा बुझाएको विज्ञप्तीको प्रतिलिपी आफ्नो समितिमा समेत वडाध्यक्ष मार्फत उपलब्ध गरा...
मकवानपुरगढीको डुम्रेकुनामा माघबाट श्रीमद्भागवत महायज्ञ

मकवानपुरगढीको डुम्रेकुनामा माघबाट श्रीमद्भागवत महायज्ञ

Breaking News 2, समाचार
हेटौंडा /  मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ । डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपारजलेश्वर मन्दिर परिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक संरचना निर्माणार्थ पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाबाट हरेक दिन कथा वाचन, भजन र झाँकीसहितको धार्मिक कार्यक्रम हुने गरी महायज्ञ हुन लागेको प्रचारप्रसार समिति संयोजक टिकाप्रसाद दाहालले जानकारी दिए । मातातीर्थरधनेश्वर महादेव मन्दिर तथा जालपारजलेश्वर मन्दिर व्यवस्थापन समिति तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समितिको आयोजना, ६ नम्बर वडा कार्यालयको सहकार्यमा महायज्ञ हुन हुँदैछ ।  श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समिति अध्यक्ष रामकृष्ण न्यौपानेको अध्यक्षतामा...
मउवा संघको निर्वाचनमा अग्रवालको प्यानल घोषणा सहित प्रतिबद्धता पत्र समेत सार्वजनिक

मउवा संघको निर्वाचनमा अग्रवालको प्यानल घोषणा सहित प्रतिबद्धता पत्र समेत सार्वजनिक

Breaking News 2, मुख्य समाचार, समाचार
हेटौंडा  / यही पुस २७ गते हुन गईरहेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अनिल अग्रवालको प्यानल घोषणा गरेका छन् । सोमबार अनिल अग्रवाल प्यानलले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका हुन् । अनिल अग्रवाल प्यानलको उपाध्यक्षमा उद्योग तर्फ रविन्द्र प्रसाद घिमिरे, वाणिज्य तर्फ उपाध्यक्षमा राजु अधिकारी, एशोसियटतर्फ विष्णु खनाल र वस्तुगत तर्फ काव्यमणि अधिकारीको रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार अग्रवालले संघको मूलभूत उद्देश्य र भूमिकामा व्यवसायीको हकहितको संरक्षण गर्ने बताए । यस्रै गरी स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने , संघको संस्थागत विकास गर्ने र आर्थिक मन्दीको प्रभाव कम गर्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आन्तरिक राजस्व कार्यालयको परिसरमा परामर्श केन्द्र स्थापना गरी व्यवसायीहरूलाई कर प्रणालीबारे जनचेतना अभिवृद्धि गरिने समेत उनले बताएका छन् । भीमफेदी कुलेखान...
बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी

बागमती प्रदेश एकता समाजको नेतृत्वमा केसी

Breaking News 2, प्रदेश, प्रमुख समाचार, प्रवास, बागमती प्रदेश, समाज
दक्षिण कोरिया । बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नयाँ नेतृत्वमा सरोज केसी चुनिएका छन् । आइतबार भएको समाजको चौथो अधिवेशनबाट केसीलाई नेतृत्वमा चयन गरिएको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नबिन श्रेष्ठ, उपाध्यक्षहरुमा आदेश खड्का, रमेशराज खरेल र महिला उपाध्यक्षमा जयन्ती घिमिरे चयन भएका छन् । संस्थाको महासचिवमा बेदनाथ आचार्य, सचिवहरुमा राजन अधिकारी, श्याम तामाङ र कोषाध्यक्षमा निर योञ्जन चयन भएका छन् । त्यसैगरी संस्थाको जिल्ला संयोजकहरुमा दिपेन्द्र सिम्खडा, अर्जुन कुमार तामाङ र टेकराज ब्लोन चयन भएका छन् । केही जिल्ला संयोजकहरु चयन गर्न अझै बाँकी रहेका छन् । आइतबार सौलको दोङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनमा तात्कालिन अध्यक्ष विपि पौडेलको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"