Breaking News 2

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाको भिटो

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाको भिटो

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौ / गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गरेको छ । अमेरिकाले आफ्नो विशेषाधिकार प्रयोग गर्दै भिटो प्रयोग गरेको हो । त्यसअघि अमेरिकाले अस्थायी युद्धविरामका लागि आफ्नो छुट्टै प्रस्ताव पेस गरेको बीबीसीले जनाएको छ । युद्धविरामका लागि अल्जेरियाले गरेको प्रस्तावका कारण युद्ध अन्त्य गर्ने वार्ता बिथोलिन सक्ने अमेरिकाको तर्क छ । राष्ट्रसङ्घको १५–सदस्यीय सुरक्षा परिषद्मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका छन्। बेलायत मतदान प्रक्रियामा सहभागी भएन । सुरक्षा परिषद्बाट पारित प्रस्ताव कानुनी रूपमा बाध्यकारी हुन्छ । युद्धविरामको प्रस्ताव पारित भयो भने इजरायलले त्यो अस्वीकार गर्न पाउँदैन । त्यसैले सुरक्षा परिषद्को मतदान राष्ट्रसङ्घीय महासभाको भन्दा फरक छ ।...
नेपालले सिरियालाई हराए – वाफ महिला च्याम्पियनसिप

नेपालले सिरियालाई हराए – वाफ महिला च्याम्पियनसिप

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाण्डौ /वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरियालाई ४–१ गोलले जितेको हो । नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक/एक गोल गरेका हुन् । नेपाल प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । नेपालले दोस्रो खेलमा भोलि इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।...
सामरी सयपत्री टोल बिकासको वार्षिक साधारण सभा सम्पन्न

सामरी सयपत्री टोल बिकासको वार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/मकवानपुरको मकवानपुरगढी -४ स्थित सामरी सयपत्री टोल बिकास संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । टोल विकास संस्थाको सोमबार वार्षिक साधारण सभा सम्पन्न भएको हो । सयपत्री टोल बिकास संस्था लिमिटेडका अध्यक्ष दिपेश कुमार थिङको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा संस्थाको साधरण सभा सम्पन्न भएको थियो । कार्यक्रममा गढी ४ नम्बर वडा सदस्य धन बहादुर लामा मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सर्कलाल लो र मजुवा टोल बिकास संस्था अध्यक्ष कृष्ण बहादुर खड्का, उर्मिला गुरुङ र केदारलाल श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।...
छेबुदोमा श्रमिक अभिमुखीकरण तथा  घुम्ती सेवा सञ्चालन हुदै

छेबुदोमा श्रमिक अभिमुखीकरण तथा घुम्ती सेवा सञ्चालन हुदै

Breaking News 2, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाको मुख्य आयोजनामा र नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सह आयोजनामा आउदो २५ फेब्रुअरी २०२४ मा दक्षिण कोरियाको ख्याङगीदोको छेबुदोमा श्रमिक अभिमुखीकरण तथा घुम्ती सेवा सञ्चालन हुने भएको छ । उक्त कार्यक्रममा श्रमिक अभिमुखीकरण सचेतना, कन्सुलर सेवा, सामाजिक सुरक्षा कोष, भिषा परामर्श, कानुनी तथा अपराध सम्बन्धी परामर्श गर्नुका साथै राहदानी नबिकरण सेवा पनि प्रदान गरिने नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनालले जानकारी दिएका छन् । नेपाली राजदूतावासबाट जाने विज्ञ प्रतिनिधीहरुले सुखद घर फिर्ती श्रमीक अभिमुखीकरण गर्नुका साथै सामाजिक सुरक्षा कोष र कोरियाको अध्यागमन कानुन सम्बन्धी अभिमुखीकरण गर्ने जनाएको छ । त्यसैगरी भिषा सम्बन्धी परामर्श गरिनुका साथै विदेशी विद्यार्थीहरुका लागि दक्षिण कोरियाले दिदै आएको पुर्ण छात्रबृत्ति...
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु

नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु

Breaking News 2, समाचार
काठमाडौं / नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हुने बैठकको सम्पूर्ण तयारी लगभग पूरा भएको जनाइएको छ । महासमिति बैठकमा पेश गर्नका लागि उपसभापति पर्ण बहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको छुट्टाछुट्टै प्रस्ताव तयार भइसकेका छन् । थापाको प्रस्तावमा अब हुने चुनावहरुमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उल्लेख छ । यो प्रस्ताव परिमार्जन गराउन संस्थापन पक्षले दबाब दिइरहेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्राप्त सुझावलाई समावेश गरेर प्रस्तावलाई पारित गरिसकेको छ । कांग्रेसले महासमिति बैठकमा प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई पनि सहभागी गराउने भएको छ ।...
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

Breaking News 2, शिक्षा, समाचार
काठमाडौँ / कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...
आगामी आवको बजेट सिलिङ १८ खर्ब तोकियो

आगामी आवको बजेट सिलिङ १८ खर्ब तोकियो

Breaking News 2, समाचार
काठमाडौं/ आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए । चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए । पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।...
थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला

थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हेमन्तको शरीरमा धेरै घाउ रहेको छ । ढकाल दम्पती घाइते बनाएपछि भाग्ने क्रममा चितुवा छिमेकी जगन्नाथ ढकालको घरको सेप्टिक टंयाकीमा परेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । सेप्टिक टंयाकीबाट चितुवालाई निकालिएको छ र डिभिजन वन कार्यालय पालुङको टोली आएर अनुसन्धान गरिरहेको छ ।...
थाहा सञ्चारद्धारा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी बिजयी

थाहा सञ्चारद्धारा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी बिजयी

Breaking News 2, खेलकुद, समाचार
हेटौंडा/ रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी भएका छन् ।   थाहा सञ्चारले विविध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन फागुन २ गते हेटौंडा -५ स्थित क्याम्पा रंगशालामा महिला पत्रकार र महिला अधिकारकर्मीबीच सेभेन ए साईड फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी २–० ले बिजय भएको हो ।   बिजेता समुहले नगत ५ हजार सहित प्रमान पत्र प्राप्त गरेका छन् । यसै गरी उपबिजेता टिमले पनि प्रमाणपत्र प्राप्त गरेका छन् ।...
राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको बार्षिकी र आन्दोलन गरिदै

राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको बार्षिकी र आन्दोलन गरिदै

Breaking News 2, समाचार
हेटौंडा/ राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत चरण बद्ध आन्दोलन जनाउने भएको छ । अभियानको यातायात व्यवसायी चालक मजदुर संगठनको आयोजनामा उक्त अभियानको बार्षिक उत्सव र शान्तिपुर्ण आन्दोलन हुने भएको हो । यातायात व्यवसायी चालक मजदुर संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै बार्षिकी र आन्दोलन गरिने बिषयमा जानकारी दिएको हो । कार्यक्रमको पहिलो दिन काठमाण्डौको भृकुटि मण्डपमा  राजा ज्ञानेन्द्रले दिप बालेर कार्यक्रमको उद्धघाटन गर्ने यातायात व्यवसायी चालक मजदुर संगठन प्रमुख निरधोज खड्काले बताए । यस लगतै चरण बद्ध रुपमा शान्ति पुर्ण आन्दोलन चल्ने प्रमुख खड्काले जानकारी दिए । मकवानपुरबाट १० देखि १२ हजार अभियान्ता आन्दोलनमा सहभागि रहने बताए । देशका ७७ जिल्ला मध्य ७२ जिल्ला बाट ४ देखि ५ लाख अभियान्ता आन्दोलनमा जाने उने बताएका छन् । देशको अवस्था र व्यवस्था गलत भएको र गरीवले बाच्न पाउनु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"