अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न
शुभराज भोम्जन
दक्षिण कोरिया । अन्तराष्ट्रय मातृभाषा दिवसको अवसरमा नेपाल आदिवासी जनजाती साहित्यकार÷ लेखक महासंघ दक्षिण कोरियाद्धारा आयोजित सप्ताहब्यापी अन्तराष्ट्रिय मात्रृभाषा उत्सव २०२४ कार्यक्रम सनिबार सम्पन्न भएको छ । सनिबार दक्षिण कोरियाको ख्यङसाङ बुशान किम्हेमा एक कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी कार्यक्रमलाई समापन गरिएको हो ।
गत फेब्रुअरी १९ देखि भाषा तथा मातृभाषा साहित्य सम्बन्धी बिबिध विषयहरुमा रहेर सम्बन्धीत ब्यत्तित्वहरुलाई भर्चुअल मार्फत सहभागि गराई बहस पैरबी गरिएको थियो । नेपालमा मात्रृभाषा साहित्यको अवस्था, भाषा आन्दोलन र नयाँ पूस्ता, पाठ्यक्रममा मातृभाषा, आदिवासीको मुद्धा लगायतको विषयहरुमा जानकारवाला ब्यत्तिहरुलाई बक्ताको रुपमा उपस्थित गराई पैरबी गराईएको थियो । कार्यक्रमको अन्तिम दिन सनिबार आदिवासी जनजाती साहत्यिकार÷ लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप खेम पु...








