Day: २ वर्ष अगाडि

राईगाउँ भण्डारी टोल निवासी शेर बहादुर माझी बेपत्ता

राईगाउँ भण्डारी टोल निवासी शेर बहादुर माझी बेपत्ता

मुख्य समाचार, समाचार, समाज
हेटौंडा / वागमती गाउँपालिका राईगाउँ भण्डारी टोल निवासी शेर बहादुर माझी बेपत्ता भएका छन् । ५.७ इन्च उचाई भएको २९ बर्षीय माझी माघ १७ गते रातिदेखि सम्पर्क बिहिन भएका हुन् । राम्ररी बोल्न नसक्ने तथा सुस्तमनस्थितिका माझी गत बुधबारदेखि घरबाटै बेपत्ता भएका हुन् । माघ १८ गते बिहान ०७ः४५ बजे माझी बकैयाको–६ गंगटे खोल्सीबाट हेटौंडा–१८ फुर्केचौरसम्म सिसिटिभी फुटेजमा देखिएको उनका काका मनोज माझीले बताए । उनका अनुसार रातो वर्ण भएका बेपत्ता माझीले कालो ज्याकेट, कालो टोपी, कालो मास्क, जिन्सको पाईन्ट र जुत्ता लगाएका छन् । परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन समेत दिदा फेला पार्न नसकेको बताएको छ ।...
बौद्ध मार्गैले बोलको गित सार्वजनिक

बौद्ध मार्गैले बोलको गित सार्वजनिक

Breaking news 3, मनोरञ्जन, समाचार
हेटौंडा/ बौद्ध मार्गैले बोलको सोनाम ल्होछार तामाङ सेलो गित बिहिबार सार्वजनिक भएको छ । ओपेरा डिजिटल प्रालिको आधिकारीक युटुब च्यानलमा (बौद्ध मार्गैले) बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको हो । अनराज मुक्तान तामाङको संगित रहेको रहेको विक्रम लुङवा, अनराज मुक्तान तामाङ, धिरेन लामा, बबिता पाख्रिन, सुजना रुम्बा, बिमला थिङले स्वरमा साथ दिएका छन् । यसै गरी भिडियोमा विक्रम लुङवा, सुष्मा थिङ, विश्वास लामा , कस्मिता पाख्रिनको अभिनय रहेको छ भने भिडियोकोे निर्देशकमा धिरेन लामाले साथ दिएका छन् । तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने महान चाड सोनाम ल्होछारको जागरण र गतिबिधीलाई समेटेको नायक तथा संगितकार विक्रम लुङ्बाले बताए । तामाङ भेष भुषा र संस्कारलाई झल्काउने भिडियोको विशेषता रहेको उनले बताएका छन् । पुरा भिडियो हेर्नुहोस , https://www.youtube.com/watch?v=x0OqtTLqgxM...
सलनाल नेप हप रात्रीकालिन कार्यक्रमको स्थान परिवर्तन

सलनाल नेप हप रात्रीकालिन कार्यक्रमको स्थान परिवर्तन

Breaking News 2, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षण कोरिया । कोरियन पर्व सलनालको अवसरमा फेब्रुअरी १० तारिकको दिन आयोजना हुदै गरेको सलनाल नेप हप रात्रिकालीन कार्यक्रमको स्थान परिवर्तन भएको छ । क्बल सञ्चालकले सुरक्षा र पा्रबिधिक कारण देखाई हल परिवर्तन गर्न आग्रह गरे पश्चात कार्यक्रम स्थल परिवर्तन गर्नु परेको आयोजक संस्था हार्मोनी भाइब्सका सदस्य नबिन नापीतले लाबा न्यजलाई जानकारी दिएको छ । सुवनमा हुने उक्त कार्यक्रम सुवनकै एक नम्बर लाईन ट्रेनको १२ र १३ नम्बर गेटको २ सय मिटर अगाडी रहेको क्लबमा सोही समयमा हुने जनाएको छ । तोकिएको स्थानमा कार्यक्रम नहुदा श्रोता दर्शकलाई परेको असर प्रति आयोजकले क्षमा याचना गरेको छ । उक्त रात्रीकालिन कार्यक्रमको लागि नेपाल देखि भोली दिउसो गायक अनिल सिंह कोरिया आईपुग्ने आयोजक संस्थाका सदस्य नापीतले बताए ।...
नेपाल तामाङ घेदुङ ख्याङसाङ् बुसान शाखाले स्थानिय कलाकारको साथमा ल्होछार मनाउदै, कार्यक्रमको तयारी पुरा

नेपाल तामाङ घेदुङ ख्याङसाङ् बुसान शाखाले स्थानिय कलाकारको साथमा ल्होछार मनाउदै, कार्यक्रमको तयारी पुरा

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाले यस वर्ष स्थानिय कलाकारहरुको साथमा मात्रै ल्होछार मनाउने भएको छ । घेदुङ बुसान शाखाले यस वर्ष नेपालको राष्ट्रिय पर्व एबम् तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व मञ्जुश्री संवत् २८६० डुक ल्होको अवसरमा सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा खिमे स्थित लुम्बिनी रेष्टुरेण्टको सभाहलमा शुभकामना आदान प्रदान संगै स्थानिय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने भएको हो । शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भैसकेको समेत अध्यक्ष सोम योञ्जनले जानकारी दिएका छन् । घेदुङ बुसान शाखाले विगतको वर्षहरुमा नेपाल देखि अतिथी कलाकारहरु ल्याएर बृहत रुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउने गर्दथ्यो तर यस वर्ष भने समय अभाव र केही प्राबिधीक कारणहरुले गर्दा नेपाल देखि कलाकार ल्याउन असमर्थ भएको अध्यक्ष य...
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने

Breaking News 2, कोशी प्रदेश, समाचार
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको प्रदेश नम्बर– १ पुन नामांकन संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो । माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । बुधबार बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । कोशी सरकारले आन्दोलनरत पक्षसंग वार्ता...
सलनालमा टुकी नआउने, अनिल सिंह र स्थानिय कलाकारहरुले महोल तताउने

सलनालमा टुकी नआउने, अनिल सिंह र स्थानिय कलाकारहरुले महोल तताउने

Breaking News 1, मनोरञ्जन
शुभराज भोम्जन  दक्षिण कोरिया । कोरियन पर्व सलनालको अवसरमा सलनालको दोश्रो दिन १० फेब्रुअरी २०२४ मा आयोजना हुने सलनाल नेपहपमा र्यापर टुकी नआउने पक्का भएको छ । र्यापर टुकी नआए पनि गायक अनिल सिंह र स्थानिय कलाकारहरुले माहोल तताउने भएको छ । हार्मोनी भाइबले आयोजना गरिएको रात्रीकालिन कार्यक्रममा र्यापर टुकी आउने भनेर प्रचार गरेता पनि भिषाको कारणले आउन नपाएको आयोजक संस्थाका सदस्य नबिन नापीतले जानकारी दिएको छ । सुवनमा हुने उक्त रात्रीकालिन कार्यक्रममा गायक अनिल सिंह संगै स्थानिय कलाकारहरु दोर्जे जोजो, डिजे आएक्स, बिक्रम लामा, डिजे सबिर र दोर्जे भाञ्जा लगायतको प्रस्तुती रहने छ । हाल सम्म कार्यक्रमको लागि गर्नुपर्ने सबै तयारीहरु पुरा भैसकेको जनाएको छ । सामाजिक सेवाभावका साथ आयोजना गरिएको कार्यक्रम भएकोले सहभागिताको लागि लाबा न्युज मार्फत आयोजक संस्थाका सदस्य नबिन नापितले सार्वजानिक रुपमा आह्वान समेत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"