समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता
हेटौंडा / बर्तमान समाजमा जातिय विभेद बहिरी रुपमा नदेखिए पनि भित्रि रुपमा अझै छुृवाछुत रहेको दलित महिला अभियान्ता बताउछन् । दलित महिला संघले मंगलबार हेटौंडा ३ बसमाडीमा आयोजना गरेको एक कार्यक्रमका बिच अभियान्ता महिलाहरले यस्तो बताएको हो ।
संघले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुच अभिवृद्धिका लागि जनप्रतिनिधिहरुको भुमिका बिषय सार्वजनिक संवादमा अभियान्ताहरुले अगाडिको पुस्ताले नयाँ पुस्तालाई छुवाछुतको भावना विकेन्द्रिकरण गररेको पाएको संघका सामाजिक सहजकर्ता राधिका सुनारले बताईन् ।
मानिस जति शिक्षित भएता पनि छुवाछुत र विभेद गर्ने र दलित समुदायका नागरिले विभेद भोग्नु परेको अभियान्ताहरु बताउछन् । दलित भएकै कारण गैर दलितको घरमा पस्न पनि नदिएको भन्दै आफुले भोगेको अभियान्ताले विभेदलाई संवाद कार्यक्रममा समिक्षा गरेका थिए । दलित महिला जनप्रतिनिधिहरुले पनि धेरै जसो विभेद सहनु परेको बताए...


