Day: २ वर्ष अगाडि

सरस्वती माध्यमिक विद्यालयका बालबालिकालाई साइकल वितरण

सरस्वती माध्यमिक विद्यालयका बालबालिकालाई साइकल वितरण

Breaking News 2, शिक्षा, समाचार
मकवानपुर / मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण गरिएको छ । गाउँपालिकाको वडा नं। १ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत साईकल बितरण गरेको हो । ३ किलेमिटर टाढाबाट पैदल बिद्यालय आउने बिद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यले साईकल बितरण गरिएको वडाध्यक्ष आशिष तितुङले जानकारी दिए । भौगोलिक दुरी र साइकल चल्ने बाटो भएको आधारमा वडा कार्यालयले विद्यार्थी छनौट गरेको हो । साईकल नजाने टाढाका बिद्यार्थीहरुलाई वडाले बिद्यालय आसपास हेस्टलको ब्यवस्था गर्ने योजना रहेको समेत अध्यक्ष तितुङले बताए । वडाको एक मात्र माध्यमिक बिद्यालयमा कक्षा ६ देखि १० मा अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको बिद्यालयका प्रधानाध्यापक सुकदेव अधिकारीले बताए । बिद्यार्थीको नियमित उपस्थितिका लागि टाढ...
तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न

तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न

Breaking News 1, समाचार
हेटौंडा / तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा भएको १ दिने अभिमुखिकरण कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा भएको थियो । अभिमुखिकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष एवंम नेवा द्वय दबु बागमती प्रदेश अध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यता र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । यसै गरी अधिवक्ता अमृत लामा, भाषा विध जीवन मोक्तान, राजनितिकज्ञ एवंम राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष आदर्श थोकरले तामाङ पत्रकार तथा तामाङ, तामाङ समुदायका ब्यक्तिहरुलाई अभिमुखिकरण दिएको थियो । अभिमुखिकरणमा ३२ जनाको सहभागि रहेको थियो । कार्यक्रमका प्रशिक्षक अधिवक्ता अमृत लामाले बागमती प्रदेशमा नेवा तामाङ भा...
बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु

बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौँडा / बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु हुदै छ ा प्रदेशसभाको अधिवेशन आज बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन रुपमा रहने प्रदेशसभाको अधिवशेन वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजबाट सुरु हुने प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्नेलगायतका बारेमा छलफल गरिने भएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"