हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने
हेटौंडा / हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आउँदो भदौ २४ गतेदेखि ३१ ग्ते सम्म फुटबल प्रतियोगिता हुने भएको हो ।
रोट्«क्यक क्लब अफ मकवानपुरसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्र्तियोगिता हुने सम्बन्धमा जानकारी दिएको हो । जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ वटा क्लबले सहभागिता जनाउने छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैँया प्राप्त गर्ने र द्वितीय हुनेले १ लाख १ हजार १ सय १ रुपैँया, सर्वश्रेष्ठ प्रशिक्षक १० हजार रुपैँया, सर्वश्रेष्ठ खेलाडी ५ हजार रुपैँया, सर्वश्रेष्ठ किपर ५ हजार रुपैँया, सर्वश्रेष्ठ डिफेन्स ५ हजार रुपैँ...

