प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ भ्लगर रतनको अभिव्यक्तिले उनलाई नेपाल झिकाउन नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै
काठमाडौँ / साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे ।
सो भिडियो धेरैले हेरेका छन् । कार्तिक १४ मा सो भिडियो पोस्ट गर्ने भ्लगर हुन्, रतन कार्की । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टोकियोमा बस्ने भ्लगर कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । चितवनको भरतपुर घर भएका कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोका एक जना अधिकृतले बताए । सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका छन्, ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घे...





