Day: २ वर्ष अगाडि

तमू धीं दक्षिण कोरियाले तमु ल्होसार जनवरी ५ मा मनाउने

तमू धीं दक्षिण कोरियाले तमु ल्होसार जनवरी ५ मा मनाउने

Breaking News 1, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । तमू धीं दक्षिण कोरियाले गुरुङ समुदायको प्रमुख चाड तमू ल्होसार आउदो जनवरी ५ मा मनाउने भएको छ । गत वर्षहरुमाझै यस वर्षको ल्होसार पनि भव्य रुपमा आयोजना गर्दै मनाउने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् । बौद्धमार्गी हिमाली भोट बर्मेली समुदायहरु मध्ये सबैभन्दा पहिले तमू ल्होसार मनाउने गर्दछ । ल्होसार भन्नाले पुरानो ल्हो फेर्ने दिन अर्थात नयाँ वर्ष सुरुभएको भनेर बुझ्न सकिन्छ । तमू ल्होसारको उपलक्ष्यमा देश तथा विदेशहरुमा मौलिक सांस्कृतिक थितिलाई निरन्तरता दिदै ल्होसार मनाउनुका साथै मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरेर पनि ल्होसार मनाउने गर्दछ । सोही अनुरुप तमू धीं दक्षिण कोरियाले पनि भव्य कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाउन लागेको हो । दक्षिण कोरियामा गुरुङहरुको बाक्लो संख्या रहेको छ ।...
बागमती प्रदेश कृषि  मन्त्रालयलले पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई गर्यो कारबाही

बागमती प्रदेश कृषि मन्त्रालयलले पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई गर्यो कारबाही

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ बागमती प्रदेशमा पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई कारबाहीसहित जरिवाना तिराइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत अगावै कानुनविपरीत फार्म सञ्चालनमा ल्याइएकोले ५ लाख रुपैयाँ जरिवाना तिराएको हो । कारबाही पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–८, स्थित जि.जे पोल्ट्री प्रालि र काभ्रेको पनौती नगरपालिका–६ मा रहेको सफल कृषक ह्याचरी एण्ड ब्रिडिङ फार्म प्रालि रहेका छन् । कृषि मन्त्रालय मातहतको वातावरणीय अध्ययन प्रतिवेदनको जाँचबुझ गरि दाय प्रदान गर्न गठित समितिको सिफारिसमा प्रदेशकै वन तथा वातावरण मन्त्रालयले जरिवाना गराउने निर्णय गरेको हो । समितिले पोल्ट्री फर्मको अनुगमनमा कानुनविपरीत सञ्चालनमा आएको देखिएपछि कारबाहीका लागि कृषि मन्त्रालय हुँदै वन मन्त्रालयमा सिफारिस गरेको थियो । गत १७ भदौमा जिजे पोल्ट्री प्रालिलाई ५ लाख ५ हज...
एनपीएलको खेल तालिका सार्वजनिक उद्घाटन खेलमा विराटनगर र जनकपुरबीच हुने

एनपीएलको खेल तालिका सार्वजनिक उद्घाटन खेलमा विराटनगर र जनकपुरबीच हुने

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौ/ नेपाल प्रिमियर लिग ९एनपीएल० को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका हिजो सार्वजनिक गरेको हो । तालिकाअनुसार उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट मङ्सिर १५ गते शनिवार दिउँसो सवा १२ खेल्नेछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । मङ्सिर १६ गते उपचुनावका कारण खेल हुने छैनन् । १७ गतेदेखि भने दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ । लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ । लिगको शीर्ष दुईमा रहने टोलीले सीधै क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीले सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन् । खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच...
मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी

मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी

Breaking news 3, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ / मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । तर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध मात्र उजुरी परेको छ । कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको आयोगले जनाए...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"