बागमती प्रदेश

बागमतीमा ४ मन्त्रीले लिए शपथ

बागमतीमा ४ मन्त्रीले लिए शपथ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, राजनीति
हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् । रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री थिए । एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो । एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपल...
बागमती प्रदेश सरकारमा नेकपा एसका  आलेमगर मन्त्रीमा नियुक्त

बागमती प्रदेश सरकारमा नेकपा एसका आलेमगर मन्त्रीमा नियुक्त

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर मन्त्रीमा नियुक्त भएको छ । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार आलेलाई मन्त्री नियुक्त गरेको हो । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने बताइएको छ । सांसद आले एकीकृत समाजवादीका तर्फबाट प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । उनी २०७९ मङ्सिर ४ को निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १० ‘ख’ बाट निर्वाचित भएकी हुन् ।...
आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन्। मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए । “पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।” आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिन...
मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

मुख्य मन्त्रि जम्कट्टेलले १९ गते बिश्वासको मत लिने

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउदोसोमबार १९ गते विश्वासको मत लिदै छन्। माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख  रत्नप्रसाद ढकालले प्रदेश सभामा शुक्रवार विश्वासको मतको प्रस्ताव दर्ता गराएको हो ।
मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाको स्थापना दिवस

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ मुख्य न्यायाधिवक्ता कार्यालय बागमती प्रदेश हेटौंडाकोे स्थापना समारोह हेटौंडामा भएको छ । सोमबार कार्यालयले ७ औँ स्थापना दिवस मनाएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता र मुख्य न्यायधिवक्ता कार्यालय बागमति प्रदेश हेटौंडाका प्रमुख ज्ञानेन्द्र नेपालको सभा अध्यक्षतामा स्थापना दिवस समारोह भएको थियो । प्रमुख अतिथि घलानले बागमती प्रदेशमा निर्माण भएका निति नियमलाई कार्यान्वयन गर्न न्यायधिवक्ता जिम्मेवार हुनुपर्ने र  उक्त कार्यालयले दिनु पर्ने सेवा सुविधाहरु परिस्कृत हुदै जानु पर्ने बताएका थिए । कार्यक्रममा कानुन अधिकृत लगाएतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।...
मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. सिलवाल

मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. सिलवाल

Breaking News 2, बागमती प्रदेश, शिक्षा, समाचार
हेटौंडा/ बागमति प्रदेशको राजधानि हेटौंडामा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख पदमा डा .यम सिलवाल नियुक्त भएको छ । क्याम्पस सञ्चालक समितिले शनिबार क्याम्पसको प्रमुख पदमा डा. सिलवाललाई नियुक्त गरेको हो । यस अघि क्याम्पसको प्रमुख पदको जिम्मेवारी डा. शंखर प्रसाद उपाध्ययले सम्हाल्दै आएका थिए ।
महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

महिला उद्यमी प्रदर्शनी २०८० आजबाट सुरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमति प्रदेश स्तरीय आठौं महिला उद्यमी प्रदर्शनी शुक्रबार आज देखि सुरु भएको छ । उद्योग बाणिज्य संघ मकवानपुर र महिला उद्यमी बिकास समितिको आयोजनामा ५ दिने महिला उद्यमी प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो । बागमति प्रदेशका महिला उद्यमीकर्मीहरुले निर्माण तथा उत्पादन गरेका समाग्रिहरुको स्टल राखी प्रर्दशन गरेका थिए । प्रर्दशनि कार्यक्रम ६ गते सम्म चल्ने छ । कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण ब्यबसायी संघ अध्यक्ष बाल गोपाल कडेल, एकीकृत समाजबादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली र अन्य विभिन्न संघ संस्थाहरुको उपस्थित रहेको थियो ।...
बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै

बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै छ । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको बताए । सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उनले बताए । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए । संसदीय दलका नेता विदेश भ्रमणमा रहेकाले सो विषयमा निर्णय लिन केही दिन ढिला भएको उनको भनाई छ । सरकारको विषयमा पार्टी नेतृत्व र दलका नेता तथा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग सम्वाद पछि राजीनामाको निर्णयमा पुगेको उनले बताए । बुधबार बिहान मात्र मन्त्री चित्रकार र मुख्यमन्त्री जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको ...
भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु

भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु

बागमती प्रदेश, समाचार
चितवन / चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।...
पिपिआर रोग नियन्त्रण खोप अभियान १६ गते देखि सुरु

पिपिआर रोग नियन्त्रण खोप अभियान १६ गते देखि सुरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा/ पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताव्यापी खोप अभियान सुरु हुदै छ । फागुन १६ गते भोलि देखि खोप अभियान सुरु हुने कृषि तथा पशुपन्छि मन्त्रालय बागमति प्रदेशले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पिपिआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रात्मक रोग भएकोले बागमति प्रदेशका १३ वटै जिल्लामा खोप अभियान एकै साथ सञ्चालन हुने भएको छ । यस आर्थिक बर्ष २०८०/ ८१ मा १२ लाख ६९ हजार खोप मात्रा रहेकोमा १३ लाख ५० हजार सप्ताव्यापि खोप कभरेज गर्ने लक्ष्य लिएको बागमति प्रदेश पशु पन्छि मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले बताए । यसै गरी गत आर्थिक बर्ष २०७८/ ७९ मा ११ लाख ९० हजार खोप मात्रा रहेकोमा ८ लाख ३० हजार १८७ खोज कभरेज भएको थियो भने गत आर्थिक बर्ष १२ लाख ९४ हजार खोप मात्रा रहेकोमा ९ लाख ७९ हजार ९२९ खोप कभरेज भएको उनले जानकारी दिए । पिपिआर रोग नियन्त्रण तथा रोक थाम गर्न...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"