राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

Breaking News 1, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र  सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको  थियो । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले  रिट दायर गरेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्चले पूर्ण इजलासमा सुनुवाइको लागि पठाएको थियो ।  ...
जसपा नेपालका अध्यक्ष यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

जसपा नेपालका अध्यक्ष यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो । अध्यक्ष यादवले गत सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो ।...
प्रतिनिधि सभा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबिच  भेटवार्ता

प्रतिनिधि सभा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका सभामुख घिमिरेले छलफल गर्नुभएको हो । भेटवार्तामा संसद्लाई प्रभावकारी बनाउने र केही समयदेखि भएको संसद अवरोध लगायतका विषयमा छलफल भएको थियो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । मंगलवार पनि प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक काँग्रेसले अवरोध गरेको थियो । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्न नपाएकाले सभामुखले यसबारेमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो ।...
नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध

नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ ।मंगलबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेको हो । कांग्रेस सांसदहरू सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन् । राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको उक्त बैठक कांग्रेसले अवरोध गरेको छ । कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।...
नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिए

नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिए

Breaking News 1, मधेश प्रदेश, राजनीति, समाचार
जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।...
माओवादी मधेश सरकारबाट बाहिरिने

माओवादी मधेश सरकारबाट बाहिरिने

Breaking News 1, मधेश प्रदेश, राजनीति, समाचार
जनकपुरधाम / नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।अनलाईनखबरबाट,...
कोशी प्रदेशको मुख्यमन्त्रीमा  एमाले नेता कार्कीको दाबी पेश गर्दै

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता कार्कीको दाबी पेश गर्दै

Breaking News 2, कोशी प्रदेश, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् । उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए । सर्वाेच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।...
गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

Breaking news 3, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौं / गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।...
अशोक राई नेतृत्वको नवगठित जसपाको जनप्रतिनिधिको सनाखत सुरु

अशोक राई नेतृत्वको नवगठित जसपाको जनप्रतिनिधिको सनाखत सुरु

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएर नवगठित जनता समाजवादी पार्टी पक्षधरका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरेर प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया अगाडि बढाएको हो । नवगठित जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् । आयोगले नयाँ दल गठन भएको २१ दिन अर्थात जेठ १३ गतेभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुनपर्ने जनाएको छ ।  ...
जसपा नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

जसपा नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएको जनता समाजवादी पार्टी लाई निर्वाचन आयोगले दर्ता गरेको छ । विभाजित पार्टीको अध्यक्ष अशोक राई रहेका छन् । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएको थियो । निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी जसपा नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो । आइतबार जसपा नेपालबाट विभाजित भई नेता अशोक राई पक्षले आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको थियो । सोही निवेदनमाथि आयोगले सोमबार निर्णय गर्दै दल दर्ता गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिए ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"