समाचार

शेयर बजार आज पनि घट्यो

शेयर बजार आज पनि घट्यो

Breaking News 1, समाचार
काठमाण्डौ /शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४६ अङ्कले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा झरेको छ । आज उत्पादनबाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६३ लाख ४१ लाख कित्ता शेयर दुई अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।...
आज बिहानैदेखि देशैभर बदली

आज बिहानैदेखि देशैभर बदली

Breaking news 3, समाचार
काठमाडौं /आज बिहानैदेखि देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । यद्यपि वर्षाको मात्राको आधिकारिक तथ्यांक भने केही घण्टापछि आउने उनले बताए । उनका अनुसार बुधबार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको उनले बताए ।    ...
नेपालले सिरियालाई हराए – वाफ महिला च्याम्पियनसिप

नेपालले सिरियालाई हराए – वाफ महिला च्याम्पियनसिप

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाण्डौ /वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरियालाई ४–१ गोलले जितेको हो । नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक/एक गोल गरेका हुन् । नेपाल प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । नेपालले दोस्रो खेलमा भोलि इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।...
एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु

एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु

राजनीति, समाचार
काठमाडौं / नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिएका चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । एमालेले छलफलका लागि नौवटा समूह बनाएको छ । समग्र केन्द्रीय कमिटीलाई नौवटा समूहमा विभाजन गरिएको हो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको एउटा समूह बनाइएको छ । बुधबार बिहान ११ बजेबाट समूहगत छलफल शुरु गर्ने जनाइएको छ । छलफलबाट आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेपछि पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ । मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षा र विश्लेषण गर्नुभएको थियो ।  एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ ।    ...
जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

Breaking news 3, राजनीति, समाचार
काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुनेछ ।...
सामरी सयपत्री टोल बिकासको वार्षिक साधारण सभा सम्पन्न

सामरी सयपत्री टोल बिकासको वार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/मकवानपुरको मकवानपुरगढी -४ स्थित सामरी सयपत्री टोल बिकास संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । टोल विकास संस्थाको सोमबार वार्षिक साधारण सभा सम्पन्न भएको हो । सयपत्री टोल बिकास संस्था लिमिटेडका अध्यक्ष दिपेश कुमार थिङको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा संस्थाको साधरण सभा सम्पन्न भएको थियो । कार्यक्रममा गढी ४ नम्बर वडा सदस्य धन बहादुर लामा मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सर्कलाल लो र मजुवा टोल बिकास संस्था अध्यक्ष कृष्ण बहादुर खड्का, उर्मिला गुरुङ र केदारलाल श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।...
फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्दै ः बागमती गोल्डकप  

फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्दै ः बागमती गोल्डकप  

Breaking News 1, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा ः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्दैछ । दिउँसो १ हुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आर्मी यसअघि भएको क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई र एपीएफ चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । विजयी टोलीले उपाधीका लागि बिहिबार मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ट...
एनआरटीलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश ः बागमति गोल्डकप

एनआरटीलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश ः बागमति गोल्डकप

Breaking News 1, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मछिन्द्र फुटबल क्बल फाइनलमा प्रवेश गरेको छ । सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए लगतै उनले १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल प्रवेश गरेको मछिन्द्र उपाधीका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...
वीरगञ्जमा कर्फ्यू आदेश जारी

वीरगञ्जमा कर्फ्यू आदेश जारी

Breaking News 1, समाचार
काठमाडौं /रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ । गत बिहीबार भएको घटनापछि रौतहटमा शनिबारदेखि लगाइएको कर्फ्यू अझैसम्म निरन्तर छ । घटनाको विरोधमा सर्वसाधारण विभाजित भएर प्रदर्शनमा उत्रिन थालेपछि सोमबार साँझ ५ बजेदेखि वीरगञ्जमा पनि कर्फ्यू लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बेलुका ५ बजेदेखि अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो । तत्काललाई वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू आदेश जारी भएको छ । उक्त क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा ¥याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि ग...
भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

Breaking News 1, प्रवास, समाचार
काठमाडौँ / सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकारलाई भारतमा रोजगारीका क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको हो । सुरक्षित आप्रवासनमा काम गर्दै आएका संघ संस्थाले आप्रवासनमा देखिएका विभिन्न समस्याहरुमाथि गहन छलफल र विश्लेषणपछि काठमाडांै घोषणा पत्र जारी गर्दै सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरुले गरिबी, जलवायु परिवर्तनका कारण हुने आप्रवासन तथा मौसमी आप्रवासनलाई पनि एउटै मापदण्ड बनाएर व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन माग गरेका छन् । सुदूरपश्चिममा सुरक्षित आप्रवासनमा का...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"