समाचार

निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने -प्रधानमन्त्री दाहाल

निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने -प्रधानमन्त्री दाहाल

Breaking News 2, समाचार
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन् । जी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ प्रधानमन्त्री प्रचण्डले भन्ने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ ।’ आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले प्रोत्साहन गर्ने नीति लिंदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए । अनलाईन खबरबाट...
बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

बागमतीमा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा बढी  माओवादीमा प्रवेश

Breaking News 1, राजनीति, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रमा ४० भन्दा बढी व्यक्तिहरु प्रवेश गरेका छन् । सोमबार विभिन्न पार्टी परित्याग गरि व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको हो । बागमती गाउँपालिका झुरझुरेमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सचिवलय सदस्य ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक भीम पाख्रिन, सचिव वीरबहादुर घलान ज्वालालगायतले खादा र टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा नेकपा एमालेका निर्मल राई...
कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / कतारी अमिर (राजा) को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।  अमिर शेख तमिमबिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरणपोखरेलले रातोपाटीलाई जानकारी दिए । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।...
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

Breaking News 2, गण्डकी प्रदेश, राजनीति, समाचार
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागि पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।  ...
सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।   सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीति जटिल रहेको बताउनुभयो । अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आश...
राप्ती समाजको आयोजनामा “पुजार सार्की ”को सुवन-शो आउँदो जुन ९ मा प्रदर्शन हुने

राप्ती समाजको आयोजनामा “पुजार सार्की ”को सुवन-शो आउँदो जुन ९ मा प्रदर्शन हुने

प्रवास, मनोरञ्जन, समाचार
दक्षिण कोरिया । दिनेश रावत द्वारा निर्देशित नेपाली कथानक चलचित्र “पुजार सार्की ” यहि आउँदो जुन ९ आईतवारका दिन सुवनमा प्रदर्शन हुने भएको छ । सुवन स्थित 경기도 수원시 팔달구 행궁로 88 남문로 데오아트 홀  हलमा प्रदर्शन गर्ने भएको छ। राप्ती समाज दक्षिण कोरिया द्वारा आपत्कालीन राहत कोष स्थापनार्थ जुन ९ को दि पहिलो शो बिहान ११ बजे देखि र दोश्रो शो दिउँसो २ः३० बाट चलचित्र “पुजार सार्की” प्रदर्शन गर्ने अध्यक्ष अमृत केसीले जानकारी दिएका छन् । नेपाली चलचित्र क्षेत्रका सुपर स्टार प्रदिप खड्का, पल शाह र आर्यन सिग्देलको मुख्य भुमिका रहेको नेपाली जात व्यवस्थाको सामाजिक कथा वस्तुमा आधारित फिल्म पुजार सार्की सबै नेपालीले हेर्नै पर्ने चलचित्र हो। फिल्मका मुख्य कलाकारहरुमा प्रदिप खड्का पल शाह र आर्यन सिग्देल लगायतका चर्चित कलाकारहरु रहेका छन्। कोरियाका लागि भने अफिसियल राइट्स “सुर्खेत समाज दक्षिण कोरिया” ले लिएको छ । दिनेश रा...
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ । आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लाग...
कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने जनाइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालक बिडारीकाे मृत्यु

टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालक बिडारीकाे मृत्यु

Breaking News 2, समाचार
हेटौंडा । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–१०  टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालक भिम बिडारीकाे उपचारका क्रममा मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्डमा कर्रातर्फ बाट बसपार्क तर्फ आउदै गरेको बा प्र ०३–००५ प ३५११ नबरको को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र २–०३–००१ ख ६८५४ नंबरको टिफरले ठक्कर दिँदा हेटौंडा –११ थानाभर्याङ बस्ने ५५ वर्षिय भ बिडारीको उपचारका क्रममा मृत्यु भएको हो । टिफरको ठक्करबाट घाइते भएका बिडारीको हेटौंडाको चुरेहिल अस्पताल हुँदै भरतपुर अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।...
मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । गढी गाउँपालिका वडा नम्बर–८ मा अवस्थित जंगलमा  स्थानियहरुले  कंकाल फेला पारेको हो । कसको सबको कंकाल भन्ने जानकारीमा नआएको र मृत मानिसको कंकाल रहेकोले बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"