समाचार

पुरुष रन हेटौंडा २०८० मा काठमाण्डौका मुकेश पाल प्रथम

पुरुष रन हेटौंडा २०८० मा काठमाण्डौका मुकेश पाल प्रथम

Breaking news 3, खेलकुद, समाचार
हेटौंडा/ हेटौंडा उपमहानगरपालिकामा भएको पुरुष रन हेटौंडा २०८० मा काठमाण्डौका मुकेश पाल प्रथम भएका छन् । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिले आयोजना गरेको पुरुष रन हेटौंडामा पालले प्रथम स्थान हासिल गरी ६०,००० रकम पुस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा जुम्लाका दुर्गा बहादुर बुढा द्वितीय भए संगै ५०,००० रकम पुस्कार प्राप्त गरेका छन् भने काठमाण्डौका सन्देश श्रेष्ठ तृतीय भई ४०,००० रकम पुस्कार प्राप्त गर्न सफल भएका छन् । काठमाडौका टंक कार्किले चौथो स्थान हासिल गरी १०,००० रकम पुस्कार प्राप्त गरे । दाङका नागेस्वर ऐरिले पाचौँ स्थान हासिल गरी १०,००० रकम पुस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा १६ देखि ६९ वर्ष सम्मका ब्यक्तिहरुले भाग लिएका थिए । उक्त रन हेटौंडाको बुद्ध चोक, भैरब रोड, चिल्ड्रेन पार्क, नबोदया बोर्डिङ, सत्यम चोक, ॐ भवन हुँदै पुन बुद्ध चोकमा आई समापन भएको थियो । नगर खेलकुद...
प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्दै

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्दै

राजनीति, समाचार
काठमाडौं / संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक १२.०९ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ’राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।...
सेयर कारोबार बिहीबार घट्यो

सेयर कारोबार बिहीबार घट्यो

Breaking news 3, समाचार
काठमाडौँ / सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार २८.६८ अंकले घटेर १ हजार ९ सय ७२.०९ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो १.४३ प्रतिशतले कम हो । यो साताका पाँच कारोबार दिनमध्ये तीन दिन बजार घटेको छ भने २ दिन मात्र बढेको छ । न दिनमा बजार ५७.३६ अंकले घट्दा बाँकी दुई दिनमा २२.६२ अंकले मात्र बढेको थियो । सो दिन ४८ हजार ३ सय ४९ वटा कारोबारबाट ३ सय ८ वटा कम्पनीका ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रक बढी हो । बुधबार २ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से घटेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३१ खर्ब ४५ अर्ब रुपैयाँ कायम भएको छ । सो दिन १७ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय २० वटाको घट्यो भने ११ वटाको स्थिर रहयो ।...
दुधको रकम भुक्तानी गर भन्दै किसानले गरे आन्दोलन

दुधको रकम भुक्तानी गर भन्दै किसानले गरे आन्दोलन

Breaking News 1, समाचार
हेटौंडा/ दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको आयोजनामा बिहिबार आन्दोलन थालेको छ । चार महिना देखि दुधको मुल्य नपाएको भन्दै किसानहरुले हेटौंडाका सडक अबरोध गरी विभिन्न नाराका साथ आन्दोलन र बिरोध गरेका छन् । बिहिबार भएको आन्दोलनमा दुग्ध पदार्थ आयातमा प्रतिबन्ध गर, दुग्ध जन्य पदार्थ आयातमा प्रतिबन्ध गर, किसान एकता जिन्दावाद , उत्पादनका आधारमा अनुदान दे, दुघ्ध बिक्रिको ग्यारेन्टी गर , प्रतिलिटर अनुदान कायम गर , दुधको रकम भुक्तानी गर जस्ता नारा लगाई बिरोध र्याली तथा चक्काजाम कार्यक्रम गरेको हो । बिहिबार ११ः२० बजे हेटौंडा उपमनगरपालिका १ स्थित चौकिटोल दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरबो कार्यलय अगाडि भेला भई २०८०।११।०७ गते केन्द्रीय दुग्ध सहकारी संघको प्राप्त पत्र अनुसार देश व्यापी रुपमा गर्न लागीएको बिरोध र्याली तथा चक्काजाम कार्यक्रम आयोजना गरिएको हो । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकार...
वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं/ नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो ।...
बकैया गाउँपालिकामा शोक बिदा

बकैया गाउँपालिकामा शोक बिदा

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा बिहिबार आज शोक विदा दिएको छ । बकैया ७ नम्बरका वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधन भए पछि पालिकाले बिहिबार आज शोक विदा दिएको हो । गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा आज शोक विदा दिइएको छ । ४ बर्षिय रामकुमार तितुङको बिजुलीको पोल ढलेर लाग्दा मृत्यु भएको थियो । मंगलबार दिउँसो साढे १ बजेको समयमा आफ्नै घर अगाडी बिजुलीको पोलले लाग्न गई उपचारका क्रममा उनको मृत्यु भएको थियो ।...
इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या

इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
गाजा /इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ । केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ । बुधबार इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र ७ जना सैनिकहरू घाइते भएको बताइएको छ । योसँगै मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ । रातोपाटिबाट साभार गरिएको...
श्रीमानले कोदालो प्रहार गरी श्रीमतीको हत्या

श्रीमानले कोदालो प्रहार गरी श्रीमतीको हत्या

Breaking News 1, समाचार, समाज
सिन्धुली / सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् । घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । उनका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरी चौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ ।...
आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

Breaking News 2, समाचार
हेटौंडा/ १६ फागुन÷मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम बुधबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु तालिमको समापन गर्दै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले तालिमबाट सिकेका सीपलाई ब्यबहारमा लागूगर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।आधारभूत सहकारी लेखापालन तालिम उपलब्धीमूलक भएको र तालिमले सहकारी संस्थाको हिसाव राख्ने थप ज्ञान प्राप्त भएको सहभागीहरुले बताए । तालिम समापन कार्यक्रममा संघकी उपाध्यक्ष मेनुका घिमिरे दाहाल, सहसचिव भोगेन्द्र लुईटेल, सञ्चालक हरिप्रसाद पौडेल, सिताराम दाहाल, ब्यवस्थापक गोबिन्द दाहालको उपस्थिति रहेको थियो । तालिममा मकवानपुर जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, ब्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुसमेत ३० जनाको सहभागिता रहेको थियो ।...
सहकारीको १२ लाख ८१ हजार रुपैयाँ चोरी

सहकारीको १२ लाख ८१ हजार रुपैयाँ चोरी

Breaking News 1, समाचार
विराटनगर/ मोरङको लेटाङमा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको छ । लेटाङ नगरपालिका–२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो । मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो । सबै गेटको ताला तोड्दै भित्र छिरेर चोरी भएको देखिएको उनले बताए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"