नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कोषाध्यक्ष पासाङ बोम्जनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव दावाफिञ्जो योञ्जनले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनलाई पास गर्दै सभा सम्पन्न गरिएको हो ।
आइतबार सौलको दोङदेमुन स्थित निक ट्राभलको सभाहलमा भएको सभामा संस्थाका अध्यक्ष राज कुमार स्याङतानको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका द्धित्तिय सचिव सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राईको विशिष्ट आतिथ्यता रहनुका साथै दक्षिण कारियामा कृयाशिल बिभिन्न जातिय, क्षेत्रीय, प्रादेशिक र राजनीतिक संगठनहरुको प्रमुख तथा प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ अगुवाहरुको बाक्लो सहभागिता रहेको थियो । स...







