Breaking News 2

नेकपा एमालेले हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्ने

नेकपा एमालेले हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्ने

Breaking News 2, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा - नेकपा एमाले मकवानपुरले चैत १८ गते ९सोमबार० हेटौंडामा बृहत जागरणसभा आयोजना गर्ने भएको छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको हो । जागरणसभा हेटौंडाको बुद्धचोकमा हुनेछ । जागरणसभा भन्दा अगाडि हेटौंडाको चार स्थानबाट विशाल (याली निकालिने भएको एमाले मकवानपुरका अध्यक्ष पोख्रेलले जानकारी दिए । सोमबार बिहान १० बजे पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट (याली निस्किने उनले बताए । गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमाल...
हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठ्माण्डौ - नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाण्डौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् । वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ । नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ । यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख...
नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र  तयारीका विषयमा गहन छलफल

नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र तयारीका विषयमा गहन छलफल

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, सूचना प्रबिधि
हेटौंडा - मकवानपुरमा नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र आवश्यक तयारीका विषयमा गहन छलफल भएको छ । स्वतन्त्र पत्रकार संघ, मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, युवा पत्रकार जमुना थिङ वक्ताका रूपमा उपस्थित रहेका थिए । छलफल कार्यक्रममा वरिष्ठ पत्रकार विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्था तुलना गर्दै नयाँ पुस्ताका पत्रकारहरूका लागि चुनौतीभन्दा अवसर बढी रहेको बताउनु भयो । विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त रहेको तर अहिले प्रविधिको विकास भए पनि सामग्रीको गुणस्तर र अनुशासनमा कमी देखिएको उहाँको बुझाई छ । उहाँले प्रविधिको प्रयोगसँगै पत्रकारिताको गति तिव्र भए पनि समाचारको गहिराइ र विश्वसन...

हेटौंडा -१ चौकीटोलमा खुकुरी प्रहार गरी देवरद्धारा भाउजुको हत्या

Breaking News 2, समाचार
हेटौंडा /  हेटौंडा उपमहानगरपलिका वडा नम्बर १ चौकीटोलमा खुकुरी प्रहार गरेर आफ्नै देवरले भाउजुको हत्या गरेको छ । ३५  को गुडिया दासलाइ आफ्नै देवर रमेश दासले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । बुधबार राति ९ बजे हत्या भएको प्रहरीले थाहा पाएको थियो । आफ्नै घरमा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको खवर प्रहरीलाइ आएपछी अनुसन्धान टोलीले अनुसन्धान गर्दा घरायसी विषयमा विवाद हुदा घटना घटेको प्रहरीले जनाएको छ । यस्तै २८ बर्षिय रुपेश दासलाई निजको भाई रमेशलेनै खुकुरी प्रहार गरी टाउको, दाहिने हात, करङको भागमा चोट लागी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाइते दासको भने हेटौंडाको शहकारी अस्पतालमा उपचार भईरहेको छ । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोे छ । रमेशलाई प्रहरीले ख...
होटेल एशोसियएन मकवानपुरको अध्यक्षमा पुनः जोशीको नेतृत्व

होटेल एशोसियएन मकवानपुरको अध्यक्षमा पुनः जोशीको नेतृत्व

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुर होटेल एशोसियएनको १६ औं साधारणसभा एवम् ७ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार हेटौंडामा भएको ७ औं अधिवेशनले पुनः दिलिश गोविन्द जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा २ नं. वडा अध्यक्ष विष्णु गोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल (कल्यण), महासचिवमा हरि गोपाल सापकोटा, कोषाध्यक्षमा रविन लामा, सचिवमा उमा प्रसाद रौनियार र सहकोषाध्यक्षमा सुरेश लामा चयन भएका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षका हुनेछ । यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले रात्रीकालिन व्यवसायको पक्षमा उपमहानगर रहेको बताईन् । उनले प्रदेश राजधानी हेटौंडामा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मान्यता आफुहरुको रहेको बताईन् । त्यसको लागि अनुशासन र सुरक्षाको जिम्मेवारी सबै पक्षले लिनुपर्ने उनको भनाई छ । नगर प्रमुख लामाले हेटौं...

चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा पुन विशेष प्रदर्शन

Breaking News 2, समाचार
हेटौंडा/ तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को हेटौंडामा पुन - विशेष प्रदर्शन भएको छ । शनिबार हेटौंडाको ओम्याक्स हलमा चलचित्रको दोस्रो प्रदर्शन गरिएको हो । मुनसन सुपरस्टार मुभिज प्रा.लिको व्यानरमा चलचित्र निर्माण भएको हो । मकवानपुर जिल्ला तामाङ समुदायको बाहुल्यता भएको हुनाले मकवानपुरमा दुई पटक शो प्रदर्शन गरिएको कलाकार हेमकुमार तितुङले बताए । यसअघि पुष २० गते पहिलोपटक हेटौंडामा पहिलो पटक विशेष शो प्रदर्शन गरिएको थियो । प्रेम कथामा आधारित संगसंगै दोस्रो विवाह र समाजमा गरिबीको कारण निम्त्याउने समस्यालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक हुत्त सञ्जय लामाले बताए । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका मनोरम स्थानहरूमा चलचित्र छायांकन गरिएको कलाकार हेमकुमार तितुङले जानकारी दिनु भयो । चलचित्रमासुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, सङ्गीता बोम...

चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ भोलि पुनः हेटौंडामा विशेष हुने

Breaking News 2, Uncategorized, मनोरञ्जन, समाचार
हेटौँडा  / तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ भोलि शनिवार पुनः हेटौंडामा विशेष प्रदर्शन हुदैं छ। मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा  निर्माणमा गरिएको चलचित्र  हेटौंडाको ओम्याक्स हलमा पुनः प्रदर्शन  हुने कलाकार हेम कुमार तितुङले जानकारी दिएका छन्।  यसअघि पुष २० गते पहिलोपटक हेटौंडामा विशेष शो गरिएको थियो । दर्शकको मागलाई मध्यनजर गर्दै पुनः शो गर्ने निर्णय गरिएको चलचित्रका नायक हेम कुमार तितुङले बताए । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका मनोरम स्थानहरूमा छायांकन गरिएको छ । चलचित्रलाई सञ्जय लामा र अर्जुन लामाले निर्देशन गरेका छन्।...

तामाङ चलचित्र ए ङाला ह्राङ्बा माया हेटौंडामा पुन विशेष शो हुने

Breaking News 2, समाचार
हेटौंडा/ चलचित्र मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा निर्माण गरिएको तामाङ चलचित्र ए ङाला ह्राङ्बा माया हेटौंडामा पुन विशेष शो हुने भएको छ । आगामी चैत्र २ गते हेटौंडामा पुन शो हुने निर्देशक हुत्त सञ्जय लामाले जानकारी दिएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका क्षेत्रमा छाँयाकन गरिएको चलचित्रलाई सञ्जय÷अर्जुनको निर्देशन रहेको छ । चलचित्रका निर्माता लामाले चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको बताएका छन् । २४ लाख लगानीमा निर्माण भएको चलचित्रमा सुनिता लुङ्वा, हिराबहादुुर मुक्तान, हेमकुमार तितुङ, तारा थोकर, माया डोल्मा लामा, मनिका सिंतान, राजकुमार तामाङ, जगतबहादुर मुक्तान लगायतको अभिनय रहेको छ । यस अघि चलचित्र ए ङाला ह्राङ्बा माया पुष २० गते हेटौंडामा पहीलो पटक बिशेष शो प्रदर्शन गरिएको थियो । निर्देशक लामाले दर्शकहरुको मागले हेटौंडाको ओम्याक्स हलमा पुन शो प्रदर्शन गर्न लागिएको बताए ...
सिम्लाङ घोषणापत्र- जिम्मेवार र मर्यादित पत्रकारितामा लाग्न अपिल

सिम्लाङ घोषणापत्र- जिम्मेवार र मर्यादित पत्रकारितामा लाग्न अपिल

Breaking News 2, प्रमुख समाचार, समाचार
हेटौंडा / नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारितामा लाग्न अपिल गरेको छ । पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकासका लागि जारी गरेको घोषणापत्रमा सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई महासंघले आग्रह गरेको हो । फागुन २२ र २३ गते मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङमा बसेको बैठकले जारी गरेको ८ बुद्धे सिम्लाङ घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका र हुनसक्ने सबैखालका हस्तक्षेपको महासंघले विरोध गर्ने उल्लेख छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वको सञ्चार माध्यमको दिगो र भरपर्दो विकासका लागि विशेष ध्यान दिन स्थानीय तथा प्रदेश सरकारसमक्ष महासंघले माग समेत गरेको छ । समानुपातिक विज्ञापन नीति लागु गर्नु...

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग, हस्ताक्षर संकलन अभियान सुरु

Breaking News 2, मुख्य समाचार, समाचार
हेटौँडा / हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौँडामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले आइतबारदेखि अस्पतालपरिसरमा नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो । अभियानका संयोजक विशालराज महतले हेटौँडा अस्पताल जोगाउन आफूहरू विगतका दिनदेखि नै अभियानमा लागेको बताउँदै हस्ताक्षर अभियान एक हप्तासम्म चल्ने जानकारी दिए । उनले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने आफूहरूको माग रहेको बताए । ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"