Breaking News 2

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, राजनीति, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियालेआयोजना गर्न लागिएको वृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेल दक्षिण कोरिया आउने भएको छ ।   महामन्त्री थापाको प्रमुख आतिथ्यता रहने उक्त अन्तरकृया कार्यक्रममा  विशेष अतिथिको रुपमा प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य किरण पौडेल समेत  आउन लागेका हुन् । मे १९ तारिखमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८  तारिख आइतबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा अतिथिहरूले प्रवासमा रहेका नेपालीहरूको समस्या र गुनासोहरू सुन्नुका साथै नेपाली राजनीतिको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्ने जना...

माओवादी केन्द्र हेटौडा १६ को अध्यक्षमा खतिवडा सहित १३ सदस्यीय कमिटी चयन

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा कमिटीको अध्यक्षमा दत्त खतिवडा चयन भएको छ । सोमबार सम्पन्न दोस्रो वडा सम्मेलनबाट खतिवडा सहित १३ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा गोपाल घिमिरे, सचिबमा राजनप्रसाद दाहाल, कोषाध्यक्षमा सबिता हुमागाई, सहसचिबमा बिजय ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपा पाख्रीन, शन्तबहादुर राई, रामलाल थिङ, चन्द्रबहादुर गोले लगायत चयन भएका छन् । सम्मेलनले टेकमान थिङ, गुणबहादुर कार्की, श्रीकृष्ण आचार्य, डिलबहादुर गोले, चन्द्रबहादुर खड्कालाई वडा कमिटीको सल्लाहकारमा चयन गरेको छ । सम्मेलनमा नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगर, नेकपा माओबादी केन्द्र मकवानपुर सल्लाहकार राधेश्याम गजुरेल, १७ नम्बर वडा कमिटी अध्यक्ष रङनाथ अधिकारी, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढक...
नेकपा एस हेटौंडा नगर कमिटी अध्यक्ष विष्णुमाया, सचिवमा सफल

नेकपा एस हेटौंडा नगर कमिटी अध्यक्ष विष्णुमाया, सचिवमा सफल

Breaking News 2, राजनीति, समाचार
मकवानपुर / एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् । यस्तै, सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् ।...

पत्रकार महासंघको निर्वाचन नहुने

Breaking News 2, समाचार, सूचना प्रबिधि
हेटौंडा/ नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो । उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रमौ मतदान गर्नेगरी मिति तय गरिने नेपाल पत्रकार महासंघले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ ।...
सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु

सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका -९ रजैया मा सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान ग्याश बुलेटको ठक्कबरबाट मोटरसाइकल चालक कास्की घर भएका ३१ वर्षीय सुवास गुरुङ र सवार ३३ वर्षीय निर्मला अधिकारी घाइते भएको थियो । निज निर्मलाको उपचारको क्रममा हेटौंडा स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । रजैया स्थित पुर्व–पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको ए यस २५ डिसी ०२१२ नम्बरको खालि ग्यास बुलेटले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।...

थानकोट -चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने

Breaking News 2, समाचार
काठमाडौं / थानकोट -चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने भएको छ । सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माण गर्ने कम्पनीले ग्रेड उच्च रहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द हुने चन्द्रागिरि नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवम् स्तरोन्नति गर्न लागिएकोले बिहीबारदेखि २० असारसम्म ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा सडक बन्द हुने विज्ञप्तिमा छ । सडक विभागको डिभिजन सडक कार्यालय काठमाडौं मातहतमा रहेको सडक बन्द गर्न नगरपालिकालाई सडक डिभिजनले मंगलबार पत्र काटेको थियो ।...
हेटौंडामा टिभिएसको मनसुन अफर

हेटौंडामा टिभिएसको मनसुन अफर

Breaking News 2, समाचार
हेटौंडा / टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रा.लि. ले मनसुन अफर सार्वजनिक गरेको छ । मनसुन अफर अन्तरगत जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टमा जेठ २३ गतेदेखि २८ गतेसम्म एस्चेन्ज अफर संचालनका आएको सञ्चालक प्रबेश राज बरुवालले बताए । मनसुन अफरको अवधिमा नयाँ मोटरसाईकल र स्कुटरहरु खरिद तथा पुराना मोटरसाईकल र स्कुटरहरुसंग नयाँ मोटरसाईकल र स्कुटरहरु साट्न सकिने बरुवालले बतााए । हेटौंडा ४ रानी दरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसका मोटरसाईकल, स्कुटर, अटो बिक्री गरिदै आएको छ । अटो मार्टमा मोटरसाईकल, स्कुटर मर्मत र सर्भिसिङ गरिनुका साथै स्पेयर पार्टहरु सुपथ मूल्यमा पाईने अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए । अफरमा मोटरसाईकल र स्कुटरहरु एक्सचेन्ज वा नयाँ खरिद गर्दा ग्रहाकले अतिरिक्त मूल्यांकन, नगद छुटका साथै सरल क...
मकवानपुरको मनहरीमा रुखले थिचेर एकजनाको मृत्यु

मकवानपुरको मनहरीमा रुखले थिचेर एकजनाको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरको मनहरीमा मंगलबार रुखले थिचेर एक जनाको मृत्यु भएको छ । बिहान आएको हावाहुरीको कारण  मनहरी–२ ट्याङ्की दमारका   राम बहादुर गोलेको मृत्य भएको हो । २२ वर्षीय गोले बारीमा घाँस काटी रहेको अवस्थामा रुख भाच्चिदा सोही रुखले थिचेर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । उनको घटनास्थलमै ज्यान गएको जनाइएको छ। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ ।...
नेकपा एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, सचिवमा विष्ट निर्वाचित 

नेकपा एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, सचिवमा विष्ट निर्वाचित 

Breaking News 2, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले अर्का प्रत्यासी इन्द्रमान स्याङ्तानलाई ५१ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ३१३ मत प्राप्त गर्दा स्याङ्तानले २६२ मत प्राप्त गरेका हुन् । यस्तै, अध्यक्षकै प्रतिस्पर्धी लालबहादुर थापाले १६६ मत र देवराज रिमालले ११ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका हिदम लामा निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सुनिल मोक्तानलाई पराजित गर्दै लामा निर्वाचित भएका हुन् । लामाले ४७६ मत पाउँदा मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षकै प्रतिस्पर्धी भरत दुलालले ३८ र धुर्व चौलागाईंले २६ मत पाएका छन् । यसैगरी, सचिवमा पदमा सीता विष्ट विजयी भएकी छन् । अर्का प्रतिस्पर्धी मदन दाहाललाई पराजित गर्दै विष्ट सचिवमा विजयी भएकी हुन् । यस्तै, सचिवकै...
एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन

एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाद्वारा आयोजना गर्न लागिएको एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन भएको छ । दक्षिण कोरियाको सुवन शहरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टाइसिट वितरण गरेको हो । टाइसिट अनुसार प्रतियोगितामा भाग लिनको लागि २४ समुहले टिम दर्ता गराएका छन् । प्रथम राशि २५ लाख कोरियन वन रहेको उक्त प्रतियोगिता आउदो जुन ९ तारिखको बिहान ८ बजे देखि सुरु हदै छ । एनसीसीले विगतको वर्षहरूमा पनि प्रतियोगिता गर्दै आइरहेको थियो । यस वर्ष पनि प्रतियोगिताको निरन्तरता स्वरुप प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।  आयोजकले जानकारी दिए अनुसार प्रतियोगिताको समयमा उपलब्ध गराएको समयको ५ मिनेट भित्रमा सहभागि नभएको खण्डमा स्वत: वाक ओभर दिइने जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"