Breaking News 2

बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द

बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द

Breaking News 2, समाचार
काठमाण्डौ / अविरल बर्षाका कारण पहिरो खस्दा देशका विभिन्न सडक खण्ड बन्द रहेका छन् । पूर्व–पश्चिम राजमार्गको नवलपरासी चोरमारा सडक र मुग्लिन–पोखराको दमौली क्षेत्रमा लेदो र पहिरोले गाडी गुड्न समस्या भएको छ । पाल्पाको अर्गलीमा पहिलो जाँदा पाल्पा–गुल्मी सडक बन्द भएको छ । रिडी–तम्घास सडक र पाल्पा–अर्घाखाँची सडकमा पनि गाडी चल्न सकेका छैनन् । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, रातडाँडा, बिसौनालगायतका विभिन्न ठाउँमा सडक बन्द हुँदा भैरहवा–पोखरा र स्थानीय रुटमा चल्ने गाडी प्रभावित भएका छन् । सिन्धुपाल्चोकमा पहिरो जाँदा चीनसँगको नाका जोड्ने कोदारी राजमार्गमा , कर्णाली राजमार्गअन्तर्गतका विभिन्न सडकहरु, बीपी राजमार्गको बर्दिबास–सिन्धुली खुर्कोट सडकअन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुल्ने र बन्द हुने भइरहेको छ । भालुबाङ, प्युठान–रोल्पा सड...
सेनाको गोली लागि मारिएका हेटौंडाका तितुङको परिवारको व्यस्थापनमा पहल गरिने

सेनाको गोली लागि मारिएका हेटौंडाका तितुङको परिवारको व्यस्थापनमा पहल गरिने

Breaking News 2, समाचार
हेटौंडा / पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेनाको गोली लागि मारिएका हेटौंडा १४ का शुक्र बहादुर तितुङको  परिवारको व्यवस्थापनमा पहल गर्ने भएका छन् । बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति तथा सदस्यको टोलिले तितुङको  परिवारलाई भेट गर्ने क्रममा समितिका सदस्य भारती पाठकले निकुञ्ज र मध्यवर्ती क्षेत्र सम्बन्धि कानुन संसोधनको कुरा उठिरहेको बताइन् । उनले पीडित परिवारको व्यवस्थापनमा पहल गरिने बताइन् । समितिका सभापति आनन्द कुमार श्रेष्ठ, सदस्य भारती पाठक लगायत टोलिले मृतकका श्रीमती, छोराछोरी लगायत परिवारका सदस्यहरुसँग घरमै पुगेर भेट गरेको हो । भेटका क्रममा समितिका सभापति आनन्द कुमार श्रेष्ठले निकुञ्ज आसपास बसोबास गर्ने नागरिकहरु प्रति राज्य सहिष्णु हुनुपर्ने बताए ।...
अस्तित्व ब्यान्डले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

अस्तित्व ब्यान्डले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

Breaking News 2, समाचार, स्वास्थ्य
 हेटौंडा/ अस्तित्व ब्यान्डका सचिव, एवंम जेसिआई हेटौंडा लेडि बर्ष २०२४ कि कार्यकारी उपाध्यक्ष सरस्वति थिङको पिताको छैठौं स्मृतिमा रक्तदान कार्यक्रम भएको छ । अस्तित्व ब्याण्डको आयोजनामा शनिबार भएको उक्त रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् । हेटौंडा - ८ स्थित निम चोकमा बृहत जनसहभागिताका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । अस्तित्व ब्यान्डको अध्यक्ष निर्जल पुडासैनिको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य दीपक सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङ ,हेटौंडा -८ का वडा अध्यक्ष राम थापा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुखप्रहरी निरीक्षक दिनेश कुवँर , नेपाल रेडक्रस सोसाइटी मनहरिका उपशाखा उपसभापति खुसी  कार्की एवंम अन्य संघ संस्थाका जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो । यसै गरी अस्तित्व ब्याण्डले रक्तदान संगै विगत देखि व...
संसद भवनमा प्रहरी जवान मृत फेला

संसद भवनमा प्रहरी जवान मृत फेला

Breaking News 2, समाचार
काठमाडौं / संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उनले गोली हानेर आत्महत्या गरेको बताए । मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।...
सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा ‘दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४’ हुँदै 

सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा ‘दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४’ हुँदै 

Breaking News 2, खेलकुद, प्रदेश, प्रमुख समाचार, प्रवास, सुदूरपश्‍चिम प्रदेश
शुभराज भोम्जन दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा 'दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४' हुने भएको छ । स्वास्थ्य, विचार र व्यवहार, खेलकुदनै मुख्य आधार भन्ने मुल नाराका साथ सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा आँउदो जुलाई १४ तारिखको दिन दोश्रो खप्तड भलिबल प्रतियोगिता हुन लागेको हो । सुवन शहर नजिकै रहेको आजु विश्वविद्यालयको भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन तोकिएको छ । प्रतियोपगतामा सहभागि भई प्रथम हुने समुहलाई २० लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी उप विजेता हुने समुहलाई १२ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिनुका साथै सान्त्वना हुने दुई समुहलाई ४/ ४ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी,...
मकवानपुरको मनहरी डोढेमा लडेर ब्लोनको मृत्यु

मकवानपुरको मनहरी डोढेमा लडेर ब्लोनको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा /  मकवानपुर जिल्लामा लडेर एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर–३ डोढेमा लडेर स्थानीय ५६ वर्षिय कर्ण बहादुर ब्लोनको मृत्यु भएको हो । गुम्बामा लेबर काम गरेर घर फर्किने क्रममा अचानक आफै लडी मृत अबस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिन गगन, रमेश र किरण दक्षिण कोरिया आँउदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, राजनीति, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियालेआयोजना गर्न लागिएको वृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा भाग लिन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेल दक्षिण कोरिया आउने भएको छ ।   महामन्त्री थापाको प्रमुख आतिथ्यता रहने उक्त अन्तरकृया कार्यक्रममा  विशेष अतिथिको रुपमा प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य किरण पौडेल समेत  आउन लागेका हुन् । मे १९ तारिखमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८  तारिख आइतबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा अतिथिहरूले प्रवासमा रहेका नेपालीहरूको समस्या र गुनासोहरू सुन्नुका साथै नेपाली राजनीतिको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्ने जना...

माओवादी केन्द्र हेटौडा १६ को अध्यक्षमा खतिवडा सहित १३ सदस्यीय कमिटी चयन

Breaking News 2, राजनीति, समाचार
हेटौंडा/ माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा कमिटीको अध्यक्षमा दत्त खतिवडा चयन भएको छ । सोमबार सम्पन्न दोस्रो वडा सम्मेलनबाट खतिवडा सहित १३ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा गोपाल घिमिरे, सचिबमा राजनप्रसाद दाहाल, कोषाध्यक्षमा सबिता हुमागाई, सहसचिबमा बिजय ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपा पाख्रीन, शन्तबहादुर राई, रामलाल थिङ, चन्द्रबहादुर गोले लगायत चयन भएका छन् । सम्मेलनले टेकमान थिङ, गुणबहादुर कार्की, श्रीकृष्ण आचार्य, डिलबहादुर गोले, चन्द्रबहादुर खड्कालाई वडा कमिटीको सल्लाहकारमा चयन गरेको छ । सम्मेलनमा नेकपा माओबादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगर, नेकपा माओबादी केन्द्र मकवानपुर सल्लाहकार राधेश्याम गजुरेल, १७ नम्बर वडा कमिटी अध्यक्ष रङनाथ अधिकारी, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज ध्रुबराज ढक...
नेकपा एस हेटौंडा नगर कमिटी अध्यक्ष विष्णुमाया, सचिवमा सफल

नेकपा एस हेटौंडा नगर कमिटी अध्यक्ष विष्णुमाया, सचिवमा सफल

Breaking News 2, राजनीति, समाचार
मकवानपुर / एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् । यस्तै, सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् ।...

पत्रकार महासंघको निर्वाचन नहुने

Breaking News 2, समाचार, सूचना प्रबिधि
हेटौंडा/ नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो । उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रमौ मतदान गर्नेगरी मिति तय गरिने नेपाल पत्रकार महासंघले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"