मंगलबार ६.९४ अंकले बढ्यो नेप्से
काठमाडौँ / सेयर कारोबार मापक नेप्से परिसूचक ६/९४ अंकले बढेको छ । आज कुल १०६ कम्पनीको मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज - मंगलबार ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए । कुल १ लाख ४४ हजार १९७ पटकको सेयर किनबेचबाट १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ काराबार भएको छ । कुल १३ उपसमूहमध्ये ८ उपसमूह घट्यो भने ५ उपसमूह बढ्यो । बढ्ने उपसमूहहरूमा निर्जीवन बिमा ६४९/८० अंकले बढ्यो । जीवन बिमा ३१८/३१ अंक र विकास बैंक ७४/०८ अंकले बढ्यो । घट्ने उपसमूहहरूमा फाइनान्स उपसमुह ५८/४६ अंक र हाइड्रोपावर १७/६९ अंकले घट्यो । एनएलजी इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, मातृभुमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लुघवित्त वित्तीयस संथा, मानुषि लघुवित्त वित्तीय संस्था, विन्धाबासिपनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।...








