फाईनलमा मछिन्द्र र एपीएफबिच प्रतिस्पर्धा ः बागमति गोल्डकप
हेटौंडा/ मकवानपुरको बागमति गाउँपालिकामा जारी छैठौं संस्करणको बागमति गोल्डकपको अन्तिम खेल बिहिबार हुदै छ ।
फागुन १ गते देखि सरु भएको प्रतियोगिताको बिहिबार अन्तिम खेल हुने र समापन हुने भएको हो । प्रतियोगिताको अन्तिम खेलमा मछिन्द्र फुटबल क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्ल्ब भिच प्रतिस्पर्धा गर्ने छ ।
बुधबार भएको प्रि म्यान कन्फेन्समा दुबै टोलिले जितको लक्ष्य रहेकोे दाबी समेत गरेको छ । प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...








