जनवरी ११ मा मःम च्यालेञ्ज हुँदै
दक्षिण कोरिया । नेप्कोर र नेपाली थाई रेष्टुरण्टको आयोजनामा आउदो जनवरी ११ तारिखमा मःम च्यालेञ्ज हुने भएको छ । मनोञ्जन गराउने उद्धेश्यका साथ मःम च्यालेञ्ज आयोजना गर्न लागिएको आयोजक तेज गुरुङले बताएका छन् ।
प्रतियोगितामा १५ जनाले भाग लिन पाउनेछन् भने एक जनाको भागमा ३ प्लेट मःम पर्ने जनाएका छन् । जस्ले छिटो मःम खान सक्छन् सोही प्रतियोगि प्रतियोगिताको विजेता हुनेछन् । प्रतियोगितामा भाग लिनको लागि ३ मान वन दर्ता शुल्क लाग्ने जनाएको छ । विजेताहरुले विभिन्न पुरस्कारहरु पाउनेछन् ।...




